नेपाल पश्चात भारतमा लन्च भयो प्योर ईभीको पहिलो इलेक्ट्रिक बाइक इट्रिस्ट३५०
इलेक्ट्रिक टु ह्विल निर्माता कम्पनी प्योर ईभीले आफ्नो पहिलो इलेक्ट्रिक...
जापनिज अटो निर्माता निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । यो नयाँ कारको कन्सेप्टलाई निशानले यसअघि सार्वजनिक भइसकेको म्याक्स आउटको डिजाइनमा आधारित भएर निर्माण गर्न लागेको हो । म्याक्स आउटलाई उसले २०२१ को डिसेम्वरमा सार्वजनिक गरेको थियो ।
नयाँ कन्सेप्टका वारेमा विस्तृत जानकारी वाहिर नआएपनि यसमा सोलिड स्टेट व्याट्री टेक्नोलोजी प्रयोग हुन सक्ने आँकलन गरिएको छ । यो कन्सेप्ट कारको इन्टेरियर म्याक्स आउटको जस्तै हुने र एक्सटेरियरमा भने केही फेरवदल हुन सक्ने जनाइएको छ । यसको प्यासेन्जर सिटलाई पूरै फोल्ड गर्न मिल्ने गरी तयार गर्न लागिएको छ ।
इलेक्ट्रिक कारको विकासमा आक्रमक लगानी गर्ने घोषणा गरेको निशानले हालसम्म यसका लागी ७.८ विलियन पाउन्ड खर्च गरिसकेको छ भने आगामी ५ वर्ष भित्र १५.६ विलियन पाउन्ड लगानी थप गर्ने योजना वनाएको छ । निशानको हाल लिफ र आरिया मोडलका इलेक्ट्रिक कार उपलब्ध छन् ।
इलेक्ट्रिक टु ह्विल निर्माता कम्पनी प्योर ईभीले आफ्नो पहिलो इलेक्ट्रिक...
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ चीनमा लन्च...
काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...