ललितपुरको भनिमण्डल बास्केटबल कोर्टमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला

ललितपुर – महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो र कुमारीपाटीस्थित रेस अटोको आयोजनामा ललितपुरको जावलाखेलस्थित भनिमण्डल बास्केटबल कोर्टमा ‘टीभीएस ग्राण्ड एक्सचेन्ज मेला’ चलिरहेको छ । बुधबार सुरु भएको सो मेला आगामी माघ १६ गते सोमबार सम्म चल्ने सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

मेलामा कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी विशेष छुटमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । एक्सचेन्ज मेलामा सहभागी भएर टीभीएस खरिद गर्ने ग्राहकले नगद छुट ६ हजार रुपैयाँ वा पुरानो स्कुटर वा बाइकमा थप ७ हजार रुपैयाँ मूल्यांकनको सुविधा प्राप्त गर्नेछन् ।

सस्तो तथा सरल फाइनान्स सुविधा तथा फ्रि एसेसरिजको सुविधा पनि ग्राहकले प्राप्त गर्ने सिग्देलले जानकारी दिए ।

पुरानो कुनै पनि ब्राण्डको स्कुटर वा बाइक एक्सचेन्ज गरी स्मार्ट टीभीएस खरिद गर्ने अवसर नगुमाउन सिग्देलले आग्रह गरे ।

टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको आधिकारिक डिलरको रुपमा युनिराइड अटो र रेस अटो रहेका छन् ।

सम्बन्धित समाचारहरू

युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल विजेता बन्यो ओएमजी बाबाज, पायो ५० हजार नगद

युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल विजेता बन्यो ओएमजी बाबाज, पायो ५० हजार नगद

काठमाडौं – युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल टुर्नामेन्ट २०७९ को विजेता...

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...

युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

काठमाडौं – स्थापनाको छोटो समयमै ललितपुरको महालक्ष्मीस्थानस्थित टीभीएसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...