हिरो स्प्लेन्डर अब नयाँ ईभी अवतारमा आउने

हिरोले स्प्लेन्डर बाइक इलेक्ट्रिक भर्सनमा लन्च गर्ने भएको छ । कम्पनीले यसको कुनै मिति घोषणा नगरे पनि इलेक्ट्रिक हिरो स्प्लेन्डर यसै वर्ष लन्च गर्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले यसको स्पेसिफिकेशनको बारेमा कुनै जानकारी दिएको छैन ।

रिपोर्टका अनुसार नयाँ इलेक्ट्रिक स्प्लेन्डरको डिजाइनमा कुनै परिवर्तन हुनेछैन । यद्यपि यसको टयांकीमा ब्याट्री प्याक जडान गर्ने भएको कारणले यसको डिजाइनमा भने केही परिवर्तन गर्ने सम्भावना छ ।

यसको सिट, टेल लाइट र फ्रन्ट लाइट यथावत रहनेछ । यसको डिस्प्ले परिवर्तन गरी एलसीडीमा परिवर्तन हुनेछ । साथै यसमा मोबाइल चार्जिङ, जीपीएस, स्पिड सेन्सर जस्ता फिचर थपिनेछ ।

रिपोर्टका अनुसार कम्पनीले यसको रेन्ज २५० देखि ३०० किलोमिटर बनाउन विशेष काम गरिरहेको छ । हालसम्म यस्तो रेन्ज भएको इलेक्ट्रिक स्कुटर वा बाइक बजारमा उपलब्ध छैन । यदि यो सम्भव भएमा हिरो स्प्लेन्डरले इलेक्ट्रिक टु ह्विलमा बजार ओगट्ने सम्भावना छ ।

सो बाइकको मूल्य ९० हजारदेखि १ लाख १ हजार भारु हुने अनुमान गरिएको छ । सो बाइक फास्ट र नर्मल चार्जिङ दुवै विकल्पमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाली बजारमा भित्रिने अन्तिम तयारीमा रहेको हिरो एक्सपल्स २०० फोरभी

यस्तो छ नेपाली बजारमा भित्रिने अन्तिम तयारीमा रहेको हिरो एक्सपल्स २०० फोरभी

हिरोको सर्बाधिक लोकप्रिय एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी नेपाल...

हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरो मोटरकर्पले माभरिक र एक्सट्रिम १२५आर पछि अब नयाँ बाइक सीई००१ समेत...

हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो मोटोकर्पले गत महिना इटालीमा भएको ईआईसीएमए २०२४ मा एक्सपल्स ४२१ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...