हिरोले सार्वजनिक गर्यो मास्टेरो जुम स्कुटरको टिजर, तीन भेरिएन्टमा उपलब्ध हुने

हिरो मोटोकर्पले नयाँ स्कुटर मास्टेरो जुमको टिजर सार्वजनिक गरेको छ । ३० जनवरीमा लन्च हुन लागेको यो स्कुटर एलएक्स, भीएक्स र जेडएक्स गरी कुल तीन भेरियन्टमा आउन लागेको हो । यो नयाँ स्कुटरमा हिरोले एक्स सेप ग्राफिकको हेडल्याम्प दिएको छ ।

ह्यान्डल वारमा टर्न इन्डिकेटर दिइएको यो स्कुटरको लुक्स एग्रेसिभ देखिएको छ । स्कुटरको लम्वाई १८८१ एमएम, चौडाई ७३१ एमएम र उचाई ११७७ एमएम तथा ह्विलवेश १३०० एमएम रहेको छ । यसको अगाडी र पछाडी दुवै भागमा १२ इन्चको ह्विल दिइएको छ भने व्लुटुथ कनेक्टिभिटी, आई ३एस प्रविधी र कर्नरिङ हेडल्याम्प पाउन सकिन्छ ।

यो नयाँ स्कुटरमा ११०.९ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान हुनसक्ने अनुमान गरिएको छ । जसको अधिकतम पावर ८.०४ विएचपी र टर्क ८.७० एनएम रहनेछ । स्कुटरको अगाडी टेलस्कोपिक फर्क सस्पेन्सन र पछाडी कन्भेन्सलन शक एव्जर्वर जडान गरिएको छ । यो ड्रम र डिस्क व्रेक अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो...

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...

फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

हिरो मोटोकर्पले २०२४ एक्मा शोमा करिज्मा एक्सएमआरको नयाँ एडिसन प्रदर्शन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...