नेपाल आउने तयारीमा रहेको जीपको यो इलेक्ट्रिक एसयूभीले पायो ‘यूरोपियन कार अफ द इयर’ अवार्ड

जीपको पहिलो इलेक्ट्रिक एसयूभी एभेन्जरले युरोपमा प्रतिष्ठित अवार्ड हात पारेको छ । सन् २०२३ का लागी ‘यूरोपियन कार अफ द इयर’ अवार्ड जितेको यो एसयूभी अवको केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ । यो एसयूभीलाई जीपले ३ महिना अघि पेरिस मोटर शोमा सार्वजनिक गरेको थियो ।

यो इलेक्ट्रिक एसयूभीको अगाडिको बम्परलाई आकर्षक तरिकाले डिजाइन गरिएको छ । यसमा १८ इन्चको आल्मुनियम ह्विल समावेश गरिएको छ । एसयूभीको रियरमा सिग्नेचर एलईडी टेललाइट समावेश गरिएको छ । जिप इलेक्ट्रिक एसयूभी एभेन्जरमा २०० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ ।

एभेन्जरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी सिस्टमको साथमा सेम साइजको डिजिटल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । एसयूभीमा पावर एड्जस्टमेन्टको साथमा लेदर ट्रिम भएको सिट र मसाज फंक्शन, मल्टी कलर एम्बियन्ट लाइटिङ सिस्टम र प्यानोरामिक सनरुफ दिइएको छ ।

जिप एभेन्जर इलेक्ट्रिकमा ५४ किलोवाट आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको छ । जसले १५६ एचपीको पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ । जिपको एभेन्जर इलेक्ट्रिक एसयूभीले ४०० किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै सिटी मोडमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिन सक्ने दाबी पनि गरिएको छ । यसमा ६ वटा ड्राइभिङ मोड दिइएको छ ।

जिप एभेन्जर लगभग २४ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । पब्लिक चार्जिङ प्वाइन्टबाट यो एसयूभी ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । जीप व्राण्डलाई नेपालमा एमएडव्लू ग्रुप अन्तर्गतको लाइफ अटोमोवाइलले अयात गरी कारोवार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

प्योर ईभीको अपग्रेडेड ईट्रान्स नियो अब नेपाली बजारमा, यस्तो छ थप फिचर र मूल्य

प्योर ईभीको अपग्रेडेड ईट्रान्स नियो अब नेपाली बजारमा, यस्तो छ थप फिचर र मूल्य

काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको...

सर्बाधिक पावरफुल : आयो फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने सिम्पल वान ई–स्कुटर

सर्बाधिक पावरफुल : आयो फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने सिम्पल वान ई–स्कुटर

ओला स्कुटर लन्च भएसँगै सिम्पल वानले पनि ई–स्कुटर लन्च गरेको छ । जसको मूल्य...

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...