अटो एक्सपो २०२३ : एमजीले देखायो इलेक्ट्रिक र हाइव्रिड सहित ७ नयाँ कार

नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा एमजी मोटरले इलेक्ट्रिक र हाइव्रिड सहित ७ नयाँ कारलाई प्रदर्शनीमा राखेको छ । । एमजी४, एमजी५, मिफा९ र मार्वल आर गरी कुल ४ नयाँ इलेक्ट्रिक कार तथा इएमजी६, इएचएस र रोवी इआरएक्स५ मोडलका तीन नयाँ प्लग इन हाइव्रिड सहति कुल ७ वटा नयाँ मोडललाई उसले प्रदर्शनीमा राखेको हो ।

यी मध्ये एमजी४ लाई उसले छिट्टै भारतीय बजारमा लन्च गर्ने योजना बनाएको छ । एमजीले यो नयाँ कारलाई उसको आफ्नो प्यारेन्ट कम्पनी एसएआइसिको मोडुलर स्कालेवल प्लेटफर्ममा निर्माण गरेको हो । यो कार ५१ र ६४ किलोवाट आवर गरी दुई फरक व्याट्री साइजमा उपलब्ध छ । यी दुवै साइजमा सिंगल मोटर र रियर ह्विल ड्राइभ पावरट्रेन दिइएको छ । कारको रेन्ज क्रमश ३५० र ४५२ किलोमिटर दावी गरिएको छ ।

एमजीले देखाएको अर्को एमजी ५ स्टेशन वागनमा ६१.१ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । यो कारलाई एकपटक फूल चार्ज गर्दा ४०२ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । कारको पावर १५६ एचपी र टर्क २५६ एनएम रहेको छ ।

युरोपेली बजारमा विक्री हुँदै आइरहेको मार्वल आर इलेक्ट्रिक एसयूभीलाई समेत एमजीले सो एक्सपोमा देखाएको छ । यो एसयूभी दुई र तीन वटा मोटर सेटअप पावरट्रेनमा उपलब्ध रहेको छ । जसमध्ये डुअल मोटर र रियल ह्विल ड्राइभले १७८ एचपी पावर र ४१० एनएम तथा तीनवटा मोटर जडित मोडलले २८५ एचपी पावर र ६६४ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ ।

उसले देखाएको अन्य मोडलमध्ये मिफा९ इलेक्ट्रिक एमपिभी अन्तराष्ट्रिय बजारमा मेक्सस व्राण्डमा बिक्री हुँदै आएको मोडल हो । यो एमपिभी किया क्यारेन्स भन्दा ठूलो आकारको छ । यसमा ९० किलोवाट आवरको व्याट्री जडान गरिएको छ । जसको रेन्ज ४४० किलोमिटर दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिले अझ स्मार्ट बन्दै एमजीका ईभी

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिले अझ स्मार्ट बन्दै एमजीका ईभी

काठमाडौं–एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी...

१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...

यूरो एनक्यापको क्र्यास टेष्टमा एमजी एस५ ले पायो ५ स्टार सेफ्टि रेटिङ

यूरो एनक्यापको क्र्यास टेष्टमा एमजी एस५ ले पायो ५ स्टार सेफ्टि रेटिङ

एमजीको नयाँ बिद्युतिय एसयुभी एस५ ले यूरो एनक्यापको क्र्यास टेष्टमा ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...