अटो एक्सपोमा कियाले देखायो इभी ९ को कन्सेप्ट, यस्तो छ फिचर, व्याट्री र पावरट्रेन

कोरियन अटो निर्माता कियाले भारतमा जारी अटो एक्सपोमा आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक कार इभी९ को कन्सेप्ट देखाएको छ । यो नयाँ इभीलाई कियाले ई–जिएमपी आर्किटेक्चरमा निर्माण गर्न लागेको हो भने यसै वर्षको अन्तिमदेखी उत्पादन थाल्ने जनाएको छ ।

आधुनिक डिजाइमा आउन लागेको यो इभीमा कियाले आफ्नो व्राण्डको सिग्नेचर ‘टाइगर नोज’ ग्रिल दिएको छ । यसमा दिइएको जेड आकारको हेड ल्यामप क्लस्टरमा एलइडी लाइट निकै आकर्षक देखिएको छ । ४९२९ एमएम लामो, २०५५ एमएम चौडा र १७९० एमएम अग्लो यो एसयूभीको डाइमेन्सन रेन्ज रोभर एसयूभीको जत्तिकै हो ।

यो इभीमा कियाले ट्विन स्क्रिन इन्फोटेनमेन्ट लेआउट र स्पोक रहित फ्ल्याट वटम स्टेरिङ ह्विल दिएको छ । थ्री रो लेआउटमा तयार परिएको यसको क्याविनमा एम्विएन्ट लाइटिङ उपलब्ध छ । यो कार अटोनोमस ड्राइभिङ फिचर, ओभर दि एयर सफ्टवेयर अपडेट र फिचर अन डिमान्ड सहित अत्याधुनिक फिचरमा उपलब्ध हुनेछ ।

कियाले यो इभीमा ७७.४ किलोवाट आवरको व्याट्री प्याक जडान गरेको छ । यसको रेन्जका वारेमा भने कुनै जानकारी वाहिर आइसकेको छैन । ८०० इलेक्ट्रिकल आर्किटेक्चरमा तयार भएको यो कारलाई ३५० किलोवाट सम्मको फास्च चार्जरले २५ मिनेट भित्रमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा डुअल मोटर र फोर ह्विल ड्राइभ समेत उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि...

सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

काठमाडौं – नेपालमा केवाईसी, किङलङ, नेटा, दायुन, रिडारा, एक्सपेङ, जीएसी,...

नेपाल भित्रियो गोल्डन ड्रागनको नयाँ इलेक्ट्रिक भ्यान, मूूल्य ५७ लाख

नेपाल भित्रियो गोल्डन ड्रागनको नयाँ इलेक्ट्रिक भ्यान, मूूल्य ५७ लाख

काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित नयाँ इलेक्ट्रिक माइक्रोबस अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...