प्रभागले ल्यायो सैन्य प्रयोजनमा प्रयोग हुने इभी, व्याट्रीको आयू १० लाख किलोमिटर माथी

भारतको स्टार्टअप कम्पनी प्रभागले सैन्य प्रयोजनमा प्रयोग हुने नयाँ इभी भीर सार्वजनिक गरेको छ । भारतको ग्रेटर नोयडामा आजबाट शुरु भएको अटो एक्सपोमा उसले यो नयाँ इभीलाई प्रदर्शनीमा राखेको छ । प्रभागले यो आर्म इभीलाई २ महिनाअघि सार्वजनिक गरेको डेफी इभीमा आधारित भई निर्माण गरेको हो । यसमा प्रयोग भएको व्याट्रीले १० लाख किलोमिटर गुड्दासम्म काम गर्ने जनाइएको छ ।

भीरमा ९०.९ किलोवाट आवरको ठूलो व्याट्री जडान गरिएको छ । जसलाई एकपटक फूल चार्ज गर्दा ५०० किलोमिटर माथी रेन्ज प्राप्त गर्न सकिने कम्पनीको दावी छ । यसमा जडान गरिएको मोटरले ४०८ एचपी पावर र ६२० एनएम टर्क जेनेरेट गर्दछ । ४.९ सेकेन्डमै शून्यदेखी १०० किलोमिटरसम्मको गति पकड्न सक्ने दावी गरिएको यसलाई २१० किलोमिटर प्रतिघन्टाको उच्चतम गतीमा हाँक्न सकिन्छ । यसको व्याट्रीलाई २५ मिनेट भित्रमा शून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सैन्य प्रयोजनमा प्रयोग हुने कारण यसको वडी निकै वलियो र मजवुत तवरले निर्माण गरिएको छ । क्याविन भित्र अत्यावश्यक वाहेक अन्य फिचर दिइएको छैन । कम्पनीका अनुसार यसको इन्टेरियर र क्याविनलाई सैनिकले आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्नेछन् ।

सेफ्टिको मामलमा भने यो इभी एकदमै मजवुत रहेको दावी गरिएको छ । यसमा ६ वटा एयर व्याग, टायर प्रेसर मोनिटरिङ, सिस्टम, १२ अल्ट्रा सोनिक सेन्सर सहितको ३६० डिग्रीको क्यामेरा, एडप्टिभ एलइडी हेडलाइट र ७७ जिगाहर्जको राडर जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

विश्वबजारमा लिपमोटरका ९ लाख सवारीसाधन बिक्री, नेपाली बजारमा स्थापित हुँदै

विश्वबजारमा लिपमोटरका ९ लाख सवारीसाधन बिक्री, नेपाली बजारमा स्थापित हुँदै

काठमाडौं– न्यू इनर्जी भेइकल (एनइभी ) निर्माता लिपमोटरले हालसम्म कुल ९ लाख...

पर्सी इलेक्ट्रिक भेहिकलको -याली अयोजना हुँदै, १ सयभन्दा बढी इभी सहभागी हुने

पर्सी इलेक्ट्रिक भेहिकलको -याली अयोजना हुँदै, १ सयभन्दा बढी इभी सहभागी हुने

काठमाडौंको भृकुटीमन्डपमा पर्सिदेखी शुरु हुने हिमालयन हाइड्रो एक्स्पोको...

दाङमा सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्दै एमएडब्लु वृद्धि

दाङमा सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्दै एमएडब्लु वृद्धि

काठमाडौं– डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...