इलेक्ट्रिक मोटरसाइकलको खरिदमा ४० हजारसम्म छुट
काठमाडौं– यसपालीको दशैंमा सुपरसोको मोटरसाइकल खरिद गर्दा ग्राहकले ४०...
जर्मनीमा एक जना टेस्ला चालकलाई अटो पाइलट मोडमा गाडी गुडाएर मस्त निदाएको भन्दै प्रहरीले नियन्त्रमा लिएको छ । ती चालकले वमवार्ग शरहको हाइवेमा प्रति घण्टा ११० किलोमिटरको गतीमा कार हाँकीरहेका थिए । जसको गती एकनासको थियो भने अगाडी एउटै दिशामा गुडिरहेको थियो ।
ती चालकमाथी शंका लागेपछि हाइवे प्रहरीले उनलाई पिछा गर्दै जाँदा उनी स्टेरिङ ह्विलमाथी हात राखेर सिटमा मस्त निदाइरहेका थिए । उनलाई रोक्न प्रहरीले हर्नमार्फत जनाउ दिएपनि रोकिएका थिएनन् । प्रहरीले उनलाई १५ मिनेटसम्म पिछा गरेपछि वल्ल उनी व्युझिएको अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
पछि नियन्त्रणमा लिएर चेकजाँच गर्दा ती चालकले मापदक पदार्थ सेवन गरेको जस्तो व्यवाहर देखाएका थिए । स्वास्थ्य अवस्था चेकजाँच गरेर रिपोर्ट नआउन्जेल सम्मका लागी उनको लाइसेन्स सस्पेन्स गरेको जनाइएको छ । मापसे जाँचमा उनी दोषि ठहरिए उनलाई हदैसम्मको कारवाही हुने र यदि सो गलत ठहरिएमा पनि रोड ट्राफिकको उल्लंघन गरेको आरोपमा उनीमाथी कडा सजाय हुने प्रहरीको भनाई छ ।
यो घटनाले अटो पाइलट मोडमा गाडी गुडाउँदा निम्तिन सक्ने सम्वभावित क्षतीलाई एकपटक पुन सतहमा ल्याएको छ । यो प्रविधीले चालकलाई सजिलो वनाउने भएपनि हेलचेक्राई बढ्दै जाँदा दुर्घटना निम्तिन सक्ने भन्दै चिन्ता र चासो व्यक्त हुन थालेको छ ।
काठमाडौं– यसपालीको दशैंमा सुपरसोको मोटरसाइकल खरिद गर्दा ग्राहकले ४०...
केही दिन पहिले सिट्रोनले लन्च गरेको माई एमी बग्गी नामक सानो इलेक्ट्रिक कार...
काठमाडौं – नेपालमा विद्युतिय सवारीसाधन (ईभी) को माग तीव्र गतिमा बढिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...