गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले फिफा वर्ल्ड कपको सन्दर्भमा आयोजना गरेको प्रेडिक्ट एन्ड विन च्यालेन्जको विजेता चन्द्र बहादुर गुरुङ बनेका छन् ।

विजेता बन्न सफल भएका गुरुङलाई कम्पनीले २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको याडिया वाईएस ५०० ई–बाइक हस्तान्तरण गरेको छ ।

याडिया ई–स्कूटर कतारमा आयोजित फिफा विश्वकप २०२२ को आधिकारिक एसिया प्यासिफिक फिफा विश्वकप क्षेत्रीय सहयोगीका रूपमा रहेको थियो । कम्पनीले यसैमा आधारित रही प्रेडिक्ट एण्ड विन च्यालेन्ज सुरु गरेको थियो ।

ओपियम रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच फेसबुक लाइभद्वारा विजेता घोषणा गरिएको हो । रेष्टुरेन्टका ग्राहकले विजेताको नाम प्रेडिक्ट गरी बक्समा छोड्नु पर्ने थियो भने अन्यले याडिया नेपालको फेसबुक पेजमार्फत विजेताको नाम उल्लेख गर्नुका साथै अन्य शर्तहरु पालना गर्नु पर्ने थियो ।

नेपाली बजारमा याडियाका सी१एस, जी५ र एस लाइक गरी तीन मोडल उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ७० हजार, ३ लाख ५० हजार र २ लाख ५५ हजार रुपैयाँ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...