भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था
भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...
एड्भान्स फिचरले सुसज्जित हाइब्रिड कारले बढी माइलेज दिन्छ । हाइब्रिड कार ४ प्रकारको हुन्छ । यही कारणले गर्दा कार खरिद गर्दा कुन राम्रो हो भनेर निर्णय गर्न कठिन हुन्छ । कार खरिद गर्नु अघि यसको बारेमा जानकारी हुनु जरुरी छ ।
माइल्ड हाइब्रिड
माइल्ड हाइब्रिड कारमा एउटा मात्र मोटर र ब्याट्री प्रयोग गरिन्छ । यसको पावर पनि अन्य कारको तुलनामा धेरै हल्का हुन्छ । यो इन्जिन चलाउनका लागि इलेक्ट्रिक मोटरको सपोर्ट लिनुपर्ने हुन्छ । जसका कारण कारको माइलेज अलिकति बढी हुन्छ । अन्य हाइब्रिड कारको तुलनामा यसको मूल्य कम हुन्छ ।
स्ट्रङ हाइब्रिड
यसमा पावरफुल ब्याट्रीसँगै शक्तिशाली इन्जिन प्रयोग गरिन्छ । स्ट्रङ हाइब्रिड कारको माइलेज बढाउन पावरफुल ब्याट्री र मोटर दुवै चाहिन्छ । यसलाई ब्याट्रीले ३० देखि ४० को गतिसम्म चलाउन सकिन्छ । निश्चित गतिमा आएपछि मात्र फ्युलबाट चल्न थाल्छ । माइल्ड हाइब्रिड कारको तुलनामा यसको पिकअप र टप स्पिड पनि बढी छ ।
प्लग–इन हाइब्रिड
प्लग–इन हाइब्रिडलाई पीएचईभी कार पनि भनिन्छ । यसमा पनि ब्याट्री र फ्युल इन्जिन दुवै प्रयोग गरिन्छ । ब्याट्री सकिएपछि यसलाई फ्युलमा चलाएर चार्ज गर्न सकिन्छ । त्यसैले ब्याट्री सकिने चिन्ता यसमा हुँदैन । सो कारको माइलेजमा खासै असर पर्दैन ।
रेन्ज एक्सटेन्डर हाइब्रिड
इलेक्ट्रिक कारमा ब्याट्रीको क्षमता पूर्ण रूपमा सकिएपछि पनि ग्यासोलिन रेन्ज एक्सटेन्डरको सहायताले केही दूरीसम्म चलाउन सकिन्छ । यो सिस्टमले इलेक्ट्रिक जेनेरेटर जस्तै काम गर्छ । सानो ग्यासोलिन मोटर्समा रेन्ज एक्सटेन्डरको प्रयोग गरिन्छ । यो सामान्यतया स्पोर्ट्स कार बाहेक सबै इलेक्ट्रिक कारमा प्रयोग गरिन्छ । साथै यसको मूल्य पनि अन्य हाइब्रिड कार भन्दा बढी हुन्छ ।
भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...
काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...
केही वर्षमा ब्याट्रीबाट चल्ने सवारीसाधन पेट्रोल–डिजेलबाट चल्ने सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...