अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले हिजो उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसंग भेटवार्ता गरेको छ । भेटमा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल भएको छ । 

साे छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण  पहिल्यै देखि प्रताडित भएको अटोमोवाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पु-याएको कारण ब्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए । 

साथै उनले बढ्दो व्याजदर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको हाई पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई बर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए ।

सो क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूले अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको र यस क्षेत्रका व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै उनले अटोमोवाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरे ।  

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

महासचिव उप्रेती भन्छन् – ईभी एक्स्पोले विद्युतीय सवारी साधनको प्रोत्साहन गर्नेछ

महासचिव उप्रेती भन्छन् – ईभी एक्स्पोले विद्युतीय सवारी साधनको प्रोत्साहन गर्नेछ

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको नाडा ईभी एक्सपोले सकारात्मक...

नाडाद्धारा नेपाल–भारत व्यापार संझौताका विषयमा छलफल

नाडाद्धारा नेपाल–भारत व्यापार संझौताका विषयमा छलफल

नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य...

अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र नाडाविच सहमती

अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र नाडाविच सहमती

काठमाडौं–नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन नाडाले श्रम, रोजगार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...