नेपालमा बजाजको बजार हिस्सा ४० प्रतिशत, पल्सर बाइकको योगदान ७१ प्रतिशत

इक्रा नेपालले सार्वजनिक गरेको तथ्य अनुसार नेपाली बजारमा बिक्री हुने दुई पांग्रे सवारीमा बजाजको बजार हिस्सा ४० प्रतिशत रहेको छ । यसका आधारमा यो नेपालमा सबैभन्दा धेरै दुई पांग्रे सवारी साधन बिक्री हुने ब्रान्ड बनेको छ ।

नेपाली बजारमा बजाज ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनीले सन् २०२२ मा गरेको आम्दानी मध्ये ७१ प्रतिशत हिस्सा पल्सर मोटरसाइकलको रहेको छ ।

सन् १९९८ देखि नेपाली बजारमा बजाजका मोटरसाइकल बिक्री गरिरहेको एचएच बजाजले लगातार मार्केट सेयर वृद्धि गरेको छ । सन् २०२२ मा ४० प्रतिशत बजार हिस्सा भएको दावी गर्ने सो कम्पनीको स्कुटर बजारमा भने उपस्थिति छैन ।

यो समयमा बजाजका नेपालभर १५३ सेल्स आउटलेट रहेका छन्, जस मध्ये ३ वटा आफैले संचालन गरेको छ । थ्री ह्विलर सेगमेन्टमा पनि बजाजको ५४ प्रतिशत बजार हिस्सा छ ।

कम्पनीले नेपाली बजारमा बजाज ब्रान्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधन, केटीएम ब्रान्डको मोटरसाइकल, टीभीएस ब्रान्डको टायर र सर्वो लुब्रिकेन्ट लगायत बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १२.९६ प्रतिशतले घटेको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा लामो समय प्रतिबन्ध गरेको थियो । जसले गर्दा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामा ६० प्रतिशत व्यापारमा कमी आएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा २२ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

नेपाली बजारमा बजाजले होन्डा र यामाहा तथा टीभीएस ब्रान्डसँग दुई पांग्रे सवारी साधनमा तीव्र प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजले चाँडै नै आफ्नो पहिलो सीएनजी बाइक भारतीय बजारमा ल्याउने तयारी...

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

काठमाडौं–टोखास्थित स्केटर्स नेपालमा आयोजना भएको ‘पल्सर आरपीएम टेकओभर’...

नयाँ बजाज पल्सर एन१६० : यस्ता छन् ५ महत्वपूर्ण फिचर

नयाँ बजाज पल्सर एन१६० : यस्ता छन् ५ महत्वपूर्ण फिचर

बजाजले एन२५० मा आधारित १६० सीसीको पल्सर एन१६० नेकेड स्पोटर््स बाइक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...