मस्कले अबको दुई वर्षसम्म विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाको सेयर नबेच्ने

काठमाडौं - अरबपति तथा ट्वीटरका मालिक इलन मस्कले अबको दुई वर्षसम्म विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाको सेयर नबेच्ने भएका छन्। विद्युतीय कारको मागमा कमी आएको चिन्ता र टेस्लाको सेयरमा आएको गिरावटमा प्रमुख कार्यकारीको टिप्पणी गरेपछि टेस्लाका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मस्कले यस्तो बताएका हुन।

बिहीबार ट्विटर स्पेसेस अडियो च्याटमा बोल्दै मस्कले २०२३ मा अर्थतन्त्र गम्भीर मन्दीमा जाने निश्चित रहेको भन्दै उनले अब टेस्लाको सेयर बिक्री नगर्ने निर्णय गरेका हुन। टेस्लाको सेयरमा ८.९ प्रतिशतले गिरावट आएको छ। तर मस्क बिहीबार अबको दुई वर्षसम्म सेयर बिक्री नगर्ने बताएपछि टेस्लाको सेयर ३ प्रतिशतले बढेर प्रति सेयर १२९.२३ अमेरिकी डलर पुगेको छ।

मस्कले ट्वीटर खरिद गरिसकेपछि पनि डिसेम्बर ९ मा ३.९५ अर्ब बराबरको टेस्लाको सेयर बिक्री गरेका थिए। यस्तै उनले गत हप्ता ३.६ अर्ब बराबरको सेयर बिक्री गरेका छन्। हाल मस्कसँग १३.४ प्रतिशत मात्र टेस्लाको सेयर बाँकी रहेको छ। उनको यसभन्दा अघि १९ प्रतिशतभन्दा धेरै सेयर थियो।

मस्कले गत वर्षमात्र २२ अर्ब बराबरको सेयर बिक्री गरेका थिए। यस्तै यो वर्षको अप्रिलमा उनले ट्वीटर खरिद गर्न २२.९ अर्ब बराबरको सेयर बिक्री गरेका थिए।

सम्बन्धित समाचारहरू

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर...

टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

टेस्लाले सस्तो मूल्यमा ह्याचव्याक कार निर्माण गर्ने, मूल्य २५ हजार डलरदेखी शुरु

विश्व प्रख्यात इभी निर्माता टेस्लाले सानो ह्याचब्याक निर्माण गर्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...