भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

काठमाडौं - गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन - ४ को ग्रान्ड फिनाले आज हुँदैछ। आज बेलुकी ७:३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछन्।

फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाहिल लिम्बु उपाधिका लागि भिड्दैछन्।

दर्शकको भोटको आधारमा विजेता घोषित गरिनेछ। साथै फिनालेमा टप १२ ट्यालेन्टहरुले नै आफ्नो प्रस्तुती दिनेछन्।

विजेताले पाउने छन् पल्सर एन १६० मोटरसाइकल
यस पटकको भ्वाइस अफ नेपालका लागि टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर रहेको छ । विजेताले बजाज पल्सर एन १६० मोटरसाइकल पाउने बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बताएको छ ।

यस्तो छ बजाज पल्सर एन १६०
पल्सर एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सीसी विएस६ इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने कम्पनीको भनाइ छ ।

यसमा जडान गरिएको इन्जिनले अधिकतम १६ पिएसको पावर र १४।६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसमा ५ स्पिडको गियर बक्स छ । मोनोशक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एक्जस्ट सिस्टमयुक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ ।

साथै यसमा पल्सर एन २५० कै जस्तै फ्युल ट्यांक एक्स्टेन्सन, स्प्लिट सिट, अलोय व्हिल र टेल लाइट राखिएको छ ।

यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै यसमा युएसबी चार्जिङ पोर्ट, १४ लिटरको फ्युल ट्यांक र गियर पोजिसन, समय, फ्युल इकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्र्यूमेन्ट पनि रहेको छ ।

यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’...

बजाज पल्सर र बक्सर इलेक्ट्रिकमा आउँदै, इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा नयाँ अध्याय

बजाज पल्सर र बक्सर इलेक्ट्रिकमा आउँदै, इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा नयाँ अध्याय

बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा...

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...