हिरो एक्सपल्स २००टी अब नयाँ फोरभी इन्जिनमा

हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा एड्भान्स ४ भल्व इन्जिन समावेश छ । यसको मूल्य टुभी मोडल भन्दा ११ सय भारु बढी छ । यो ३ रङमा उपलब्ध छ ।

एक्सपल्स २००टी फोरभी मा १९९.६ सीसी एयर एन्ड आयल कुल्ड इन्जिन जडान गरिएको छ । जसले ८५०० आरपीएममा १९.१ बीएचपीको पावर र ६५०० आरपीएममा १७.३ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

एक्सपल्स २००टी फोरभी मा ३७ एमएम टेलिस्कोपिक फोर्क र रियरमा ७ स्टेप एडजस्टेबल मोनोशक दिइएको छ । ब्रेकिङको लागि फ्रन्टमा २७६ एमएम डिस्क र रियरमा २२० एमएम डिस्क ब्रेक दिइएको छ, जसलाई सिंगल च्यानल एबीएससँग जोडिएको छ ।

सो स्कुटरमा १७ इन्च कास्ट अलोय ह्विल समावेश गरिएको छ । एक्सपल्स २००टी फोरभीको डिजाइन एक्सपल्स २००टी टुभी भन्दा धेरै फरक छ ।

सो बाइक ब्लुटुथ डिजिटल एलसीडी क्लस्टरसँग सुसज्जित छ जसले नेभिगेसन र नोटिफिकेशन अलर्ट, यूएसबी चार्जर, साइड स्ट्यान्ड कटअफ र गियर इन्डिकेटर जस्ता फिचर समावेश छ ।

सम्बन्धित समाचारहरू

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...

हिरो करिज्मा यही अगस्तमै लन्च हुने, कलाकार हृतिक रोशनको टिजर सार्वजनिक

हिरो करिज्मा यही अगस्तमै लन्च हुने, कलाकार हृतिक रोशनको टिजर सार्वजनिक

हिरो मोटोकर्पले एक पटक बन्द गरिसकेको मोटरसाइकल करिज्मा फेरि बजारमा आउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...