देशभर ५० स्थानमा छन् बीवाईडीका फास्ट चार्जर, यात्राका लागि चिन्ता नलिन आग्रह
काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...
सेमी कन्डक्टरको प्रयोग हरेक क्षेत्रमा गरिन्छ । यसको प्रयोग स्मार्टफोन देखि हवाइजहाजसम्मका सबै टेक्नोलोजीमा प्रयोग गरिन्छ । यसको कमीले हाम्रो दैनिक जीवनमा धेरै असर पार्न सक्छ ।
सेमी कन्डक्टर चिप्स हुनु भन्दा पहिला कम्प्युटर ट्युब र डायलबाट बनेका ठूला मेसिनहरू थिए । यसको खपत पनि उच्च थियो । सेमीकन्डक्टर चिप्सले ट्युबलाई परिवर्तन गर्नुका साथै मेसिनहरू तीव्र गतिमा सस्तो र अधिक कुशलतापूर्वक व्यवस्थित बनायो । यसको डिजाइन र सानो आकारको कारण यो स्मार्टफोन र कम्प्युटरमा प्रयोग गरिन्छ ।
सवारी साधनका लागि त झन् सेमी कन्डक्टर एकदमै अत्यावश्यक छ । कोभिड–१९ को समयमा यसको समेत अभाव भएकाले विश्वभर सवारी उत्पादनमा समेत असर पुगेको थियो ।
कम्प्युटर
कम्प्युटरको माइक्रोप्रोसेसर, मेमोरी र ग्राफिक्स प्रोसेसिङ युनिटमा सेमी कन्डक्टरको प्रयोग गरिन्छ, जसले कम्प्युटरलाई सहज रूपमा चलाउन मद्दत गर्छ ।
टेलिकम्युनिकेसन्स
टेलिकम्युनिकेसन्सका लागि पनि सेमी कन्डक्टरको प्रयोग गरिन्छ । यसले नेटवर्क र स्मार्टफोनको सहज कार्यमा मद्दत गर्छ । स्मार्टफोनको सेमी कन्डक्टर चिप्सले परफर्मेन्स, नेभिगेसन, ब्याट्रीको प्रयोग, नेटवर्कका साथै अन्य कार्यलाई नियन्त्रण गर्छ ।
घरायसी उपकरण
घर र कार्यालयको फ्रिज, माइक्रोवेभ, वाशिङ मेसिन, एयर कन्डिसनर र अन्य मेसिनमा सेमी कन्डक्टरको प्रयोग गरिन्छ । सो चिप्सले तापमान, टाइमर, अटोमेटिक फिचरलाई कन्ट्रोल गर्छ ।
बैंकिङ
बैंकको एटीएम, सेक्युरिटी क्यामेरा र अटोमेटिक लकिङ मेकानिजमका लागि पनि सेमी कन्डक्टर चाहिन्छ । सेमी कन्डक्टर चिपले बैंकमा पैसा र व्यक्तिगत जानकारी सुरक्षित राख्न मद्दत गर्छ ।
हेल्थकेयर
सेमी कन्डक्टरको प्रयोग सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा गरिन्छ । चिकित्सा क्षेत्रमा एड्भान्स टेक्नोलोजीको प्रयोग भइरहेको छ । यहाँ प्रयोग हुने टेक्नोलोजी पनि सेमी कन्डक्टर चिप बिना ठीकसँग ह्यान्डल गर्न सक्दैन ।
यातायात
कार, बस, रेल र हवाइजहाजमा पनि सेमी कन्डक्टरको प्रयोग गरिन्छ । सेमी कन्डक्टरको मद्दतले जीपीएस र वाईफाईमा सुचनाहरु सुन्न सकिन्छ । सेमी कन्डक्टरले सुपर–कुशल ककपिट एभियोनिक्स, इन्जिन नियन्त्रण सिस्टम र पावर कन्भर्सनमा मद्दत गर्छ ।
काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...
इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...