थप फिचरका साथ आउदै क्रसएक्स २५०आर ईएफआई, खुल्यो बुकिङ

काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५०आर ईएफआई बाइकलाई थप फिचरका साथ उपलब्ध गराउने भएको छ । पहिले देखि नै नेपाली बजारमा राम्रो प्रतिक्रिया पाएको यो बाइकमा अब जीपीएस र एन्टी थेफ्ट फिचर आदि थप हुनेछ भने सस्पेन्सन समेत अझै राम्रो भएर आउने छ । यसको आवाज पनि पहिले भन्दा स्मुथ छ ।

यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ ।

ईएफआई प्रविधियुक्त भएकाले यो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता छन् ।

यो बाइकको मूल्य भने पुरानै अर्थात ८ लाख ९५ हजार रुपैयाँ नै तोकिएको छ ।

सम्बन्धित समाचारहरू

एस १००० आरआरको अपडेट भर्सन : बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल बाइक

एस १००० आरआरको अपडेट भर्सन : बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल बाइक

बीएमडब्ल्यु इन्डियाले नयाँ एम १००० आरआर स्पोर्टस बाइक भारतीय बजारमा लन्च...

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...

बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसएभी अब नेपालमा, मूल्य २ करोड ३० लाख

बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसएभी अब नेपालमा, मूल्य २ करोड ३० लाख

काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...