चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ।

मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम अन्तिम चरणमा पुगेको छ। बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जिनियर सागर ज्ञवालीले जानकारी दिए।

यी दुई स्टेसन करिब ९० लाखको लागतमा निर्माण गरिएको हो। दुईवटा स्टेसनमा एक पटकमा ६ वटासम्म गाडी चार्ज गर्न मिल्छ।

आन्तरिक रूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जिनियर ज्ञवालीले बताए।

बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेसन निर्माण गरिएको चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए।

उनका अनुसार यहाँ साना-ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ। नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ।

चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ। यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन्।

सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। चार्जिङ स्टेसनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन। चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ।

कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ। समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन।

बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको अधिकारीले जानकारी दिए।

बसपार्कमा सञ्चालनमा आएका चार्जिङ स्टेसनमा दैनिक चारदेखि पाँचवटा सवारीसाधनले चार्जिङ गर्ने गरेको बसपार्क सञ्चालनको जिम्मा लिएको आरजन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक असिम भट्टराईले जानकारी दिए।

उनले धेरैलाई चार्जिङ स्टेसनका बारेमा जानकारी नभएको भन्दै क्रमशः सवारीसाधनको चाप बढ्दै जाने बताए।

प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेसन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ। जसमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटा जडान सम्पन्न भइसकेका छन्। बाँकी चार्जिङ स्टेसन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरू

अमेरिकामा पहिलोपटक चालकविहीन ट्रकले १९३० किलोमिटरको यात्रा गर्दै रच्यो इतिहास

अमेरिकामा पहिलोपटक चालकविहीन ट्रकले १९३० किलोमिटरको यात्रा गर्दै रच्यो इतिहास

अमेरिकामा चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गर्दै अटोनोमस...

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

काठमाडौं – लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कूटर थप दुइ नयाँ...

बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुट, ११ रुपैयाँमै २२,९०० मूल्यको प्रेसर वाशर

बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुट, ११ रुपैयाँमै २२,९०० मूल्यको प्रेसर वाशर

काठमाडौं – बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...