पुराना ब्रान्ड धमाधम इलेक्ट्रिक भर्सनमा पुनरागमन गर्दै
भारतीय बजारमा लम्ब्रेटा, एलएमएल र काइनेटिक लुनाको इलेक्ट्रिक भर्सन आउने...
मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई भारतमा प्रदर्शन गरेको छ । मर्सिडिज रोड सेफ्टि क्यापियनका दौरान कम्पनीले यो अल न्यू इलेक्ट्रिक कन्सेप्टलाई सार्वजनिक गरेको हो । यसै वर्ष लास भेगासमा सार्वजनिक भएको यो कारलाई विश्वकै सर्बाधिक एरोडाइनामिक इभीका रुपमा लिइँदै आएको छ ।
मर्सिडिजको इभी आर्किटेक्चर प्लेटफर्मममा तयार पारिएको यो कन्सेप्ट कारमा १०० किलोवाट आवरको हाई डेन्सिटी व्याट्री प्याक जडान गरिएको छ । जसलाई एकपटक फूल चार्ज गर्दा १ हजार किलोमिटर माथी रेन्ज दिने कम्पनीको दावी छ ।
अतिरक्ति रेन्जका लागी यसको रुफमा सोलार सेल समेत दिइएको छ । सोलार सेलको साहयताले कारले थप २५ किलोमिटर रेन्ज दिनेछ । कारमा रेयर माउन्टेड इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले २ सय ४ पीएस पावर जेनेरेट गर्नेछ ।
यो अत्याधुनिक र विलासी कारमा ४७.५ इन्चको सिंगल ८के डिस्प्ले दिइएको छ । सोही प्यानलमै इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम समेत सामले गरिएको छ ।
भारतीय बजारमा लम्ब्रेटा, एलएमएल र काइनेटिक लुनाको इलेक्ट्रिक भर्सन आउने...
काठमाडौं– लुयानको नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउने भएको छ । नेपालका लागी...
जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...