बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

जर्मन अटो ब्रान्ड बीएमडव्लूले भारतीय बजारलाई उच्च प्राथमिकतामा राखेको छ । लक्जरी व्रान्डका रुपमा परिचित विएमडव्लूले जनवरी महिनामा मात्र ५ नयाँ मोडललाई लन्च गर्ने तयारी थालेसंगै उसका लागि भारतीय वजार उच्च प्राथमिकतामा परेको पुष्टि भएको हो । भारतमा पछिल्लो समय बीएमडव्लू लगायत अन्य महंगा र विलासी ब्रान्डका कारको माग उच्च हुँदै गएको छ ।

भारतमा आयोजना हुन गैरहेको अटो एक्स्पो २०२३ मा यी कार सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ । यी मध्ये केही मोडल फेसलिफ्ट हुने र अन्य मोडल अन्तराष्ट्रिय बजारमा वेस्ट सेलरका रुपमा परिचित रहने जनाइएको छ । बीएमडव्लूले केही दिन पहिलेमात्र एक्सएम पर्फमेन्स एसयूभी, एम३४०आई इलेक्ट्रिक कार र एस १०० आरआर मोटरसाइकल सार्वजनिक गरेको थियो ।

कम्पनीले सार्वजनिक गर्न लागेको नयाँ कारमा नयाँ ७ सिरीज, आई७, एक्स७ रिफ्रेस, थ्री सिरिज ग्रान लिमो र न्यू एक्स१ मोडल रहेका छन् । यी मध्ये आई७ र इलेक्ट्रिक एसयूभी हो भने अन्य कम्वस्चन इन्जिन जडित कार हुन् ।

न्यू ७ सिरीजलाई उसले ३.० लिटर इनलाई सिक्स–डिजेल, ३.० लिटर इनलाई सिक्स–पेट्रोल र ४.४ लिटर ट्विन टर्वो भ८ इन्जिन गरी कुल तीन ओटा इन्जिन अप्सनमा उतार्ने तयारी गरिरहेको छ । यी गाडीको पावर क्रमश २९९ एचपी, ३८० एचपी र ५३४ एचपी रहेको छ । कारमा ३१.३ इन्चको रुफ माउन्टेड र ८के सिनेमा स्क्रिन लगायत फिचर्स उपलब्ध छ ।

यसैगरी इलेक्ट्रिक कार आई७ सेडानमा १०१.७ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने यसले ६२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो कारको पावर ५४४ एचपी रहेको छ ।

अर्को रिफ्रेस एक्स७ मा अपडेट गरिएको ४०आई इन्जिन जडान गरिएको छ । यो कारको पावर पेट्रोल इन्जिनको ३८० एचपी र डिजेलको ३५२ एचपी रहेको छ । यो माइल्ड हाइव्रिड अप्सनमा समेत उपलब्ध हुनेछ । कारमा १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १४.९ इन्चको टचस्क्रिन र परिमार्जन गरिएको क्याविन लगायत विशेषता छन् ।

बीएमडव्लू नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ब्रान्ड हो । यो ब्रान्डका कारलाई लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले आयत गरी कारोवार गर्दै आइरहेको छ । नेपाली बजारमा यसको एक्स१, एक्स२ एक्स३, एक्स५ र ७ सिरिज लगायत मोडल बिक्री हुँदै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

वीएमडव्लू बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

वीएमडव्लू बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका...

टीभीएस अपाचे आरआर ३१० को प्रतिस्पर्धामा आयो बीएमडब्ल्युको नयाँ बाइक

टीभीएस अपाचे आरआर ३१० को प्रतिस्पर्धामा आयो बीएमडब्ल्युको नयाँ बाइक

बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...

यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

काठमाडौं – जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्ल्युको सर्वाधिक सफल मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...