तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती
पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...
नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा स्कुटरको बिक्री २ लाख नाघेको छ । यामाहाले सन् २००८ देखी यो प्रविधीमा आधारित मोटरसाइकल तथा स्कुटर नेपाल ल्याउन थालेको र १५ वर्षको यो अवधीमा २ लाख भन्दा बढी यस्ता मोटरसाइकल तथा स्कुटर बिक्री भएको आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले बताएको छ ।
मोटरसाइकल तथा स्कुटरमा फ्युल इन्जेक्सन(एफआई) प्रविधी प्रयोग गर्ने मामलामा यामाहालाई इन्डस्ट्रिकै पायोनियर मानिन्छ । आधुनिक प्रबिधीमा आधारित यो इन्जिन जडित मोटरसाइकल र स्कुटरले उच्च माइलेज प्रदान गर्ने कारण नेपालमा यो व्राण्डको एफआई मोडल सफल वनेको हो ।
साथै यो इन्जिन निकै नै पावरफुल हुने कारण उच्च पर्फमेन्सका लागी समेत उपयुक्त मानिन्छ । हाल यामाहाका प्राय सवैजसो मोडल एफआई इन्जिनमा उपलब्ध छन् । एफआई इन्जिकै कारण यामाहा नेपाली बजारमा सर्बाधिक विक्री हुने मध्येको एक अग्रणी टु ह्विलर ब्रन्ड वन्न सफल भएको कम्पनी स्रोतको भनाई छ ।
यामाहाको हाल देशभर १०९ शोरुम विस्तार भएका छन् । एफआई प्रविधीमा आउन सक्ने समस्यालाई मध्येनजर गर्दै कम्पनीले १०० भन्दा बढी एफआई स्टेशन समेत विस्तार गरिसकेको छ । यामाहाका प्राय सवैजसो आधिकारिक सर्भिस सेन्टरमा छुट्टै एफआई स्टेशनको व्यवस्था मिलाइएको छ ।
पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
काठमाडौं – काठमाडौं रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...