लक्जरी कार बजारमा बीएमडब्लु र मर्सिडिजलाई पछि पा-यो सेरेसले
हाई–इन्ड कार बिक्रीका आधारमा स्थापना भएको चार वर्षको अवधिमै लक्जरी कार...
भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको गुणस्तरमा कडाई गर्न नयाँ मापदण्ड ल्याएको छ । गर्मी मौसममा अधिकांश व्राण्डका इलेक्ट्रिक स्कुटरमा आगालागीको घटना निम्तिएपछि सरकारले त्यसलाई नियन्त्रण गर्न नयाँ गुणस्तर मापदण्ड ल्याएको हो ।
हालै पारित एआईएस १५६ मापदण्डलाई दुई चरणमा कार्यन्वयन गर्ने त्यहाँको रोड ट्रान्सपोर्ट एण्ड हाइवे मन्त्रालयले जनाएको छ । यो मापदण्डको पहिलो चरण डिसेम्वर १ देखी लागु भएको छ भने दोस्रो चरण अप्रिल १ देखी लागु हुँदै छ ।
उक्त मापदण्डका कारण अधिकांश व्राण्डको उत्पादन प्रभावित हुने र यसले टु ह्विलर इभीको बजारलाई तहसनहस गर्ने भन्दै इभी उत्पादक र व्याट्री उत्पादकले चिन्ता व्यक्त गरेका छन् । नयाँ मापदण्ड अनुुसार व्याट्री प्याक नयाँ डिजाइनमा उपलब्ध हुनुपर्ने र व्याट्री म्यानेजमेन्ट सिस्टमलाई अनिवार्य अवलम्वन गरिनुपर्ने लगायत छन् ।
यसो गर्न व्याट्री उत्पादकले नयाँ उपकरण थप्नुपर्ने र लगानी समेत बढाउनुपर्ने व्याट्री प्याक सप्लाई गर्दै आइरहेको व्याट्रिक्सका निर्देशक आनन्द कावराले बताए । सरकारको यो कदमले समयमै व्याट्री उपलब्ध गराउन असम्भव हुने हुँदा इभी उत्पादकले अन्तत आफ्नो उत्पादन नै वन्द गर्नुपर्ने उनको भनाई छ ।
हाई–इन्ड कार बिक्रीका आधारमा स्थापना भएको चार वर्षको अवधिमै लक्जरी कार...
१ सय किलोवाट भन्दा कम क्षमता भएको मोटर जडित इलेक्ट्रिक कारमा अहिले टाटा...
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...