३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले आफ्ना ५ मोडलका मोटरसाइकल र स्कुटरमा मूल्य बृद्धि गरेको छ । कम्पनीले ३ मोडलका मोटरसाइकल र २ मोडलका स्कुटरमा मूल्य बढाएको हो । मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजार रुपैयाँसम्मले मूल्य बढाइएको छ ।
मोटरसाइकलमा एफजेडएक्स, एफजेडएस भी२ र एफजेड भी२ मा ५ हजार रुपैयाँका दरले मूल्य बृद्धि गरिएको छ भने स्कुटरतर्फ रे–जेडआर १२५ एफआईमा ७ हजार र रे–जेडआर १२५ स्ट्रीट -यालीमा ८ हजार रुपैयाँका दरले मूल्य बढाइएको हो ।
मूल्य वढेसंगै यसअघि ४ लाख ३५ हजार ९०० रुपैयाँमा कारोबार हुँदै आइरहेको एफजेडएक्सको नयाँ मूल्य ४ लाख ४० हजार ९०० रुपैयाँ पुगेको छ भने एफजेडएस भी२ र एफजेड भी२ को नयाँ मूल्य क्रमश को ३ लाख ५२ हजार ९०० र ३ लाख २८ हजार ९०० रुपैयाँ पुगेको छ । यी मोटरसाइकलको यसअघिको मूल्य क्रमश ३ लाख ४७ हजार ९०० र ३ लाख २३ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।
स्कुटरतर्फ यसअघि यसअघि २ लाख ६२ हजार ९०० रुपैयाँमा कारोवार हुँदै आएको रे–जेडआर एफआइको नयाँ मूल्य २ लाख ६९ हजार ९०० र स्ट्रिट -यालीको २ लाख ९६ हजार ९०० पुगेको छ । कम्पनीले रे–जेडआर १२५ स्ट्रीट -यालीलाई यसअघि २ लाख ८८ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा...
काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...