नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

काठमाडौं – रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेको यति ब्रान्डको हेल्मेट नयाँ मोडलमा उपलब्ध भएको छ । सीई र आईएसओ सर्टिफाइड सो हेल्मेट विभिन्न ६ कलर अप्सनमा उपलब्ध छ ।

मोटोक्रस र डर्ट बाइक चढ्न रुचाउनेहरुका लागि विशेष रुपमा डिजाइन गरिएको सो हेल्मेट फुल फेस हेल्मेट हो । त्यसैगरी अनब्रेकेबल भएकाले यो निकै नै सुरक्षित समेत छ । सुरक्षाका सबै मापदण्ड पुरा गरी उत्पादन गरिएको बताइएको सो हेल्मेटको भित्रका पार्ट्स वासेबल छ ।

हाई डेन्सिटी थर्मोकोल र हाई क्वालिटी पेन्ट प्रयोग भएको सो हेल्मेटको मूल्य ५ हजार ५ सय रुपैयाँ तोकिएको मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैवले बताए । नेपाली बजारमा उपलब्ध अन्तर्राष्ट्रिय ब्रान्ड सरहकै गुणस्तरीय भए पनि यसको मूल्य भने तुलनात्मक रुपमा सस्तो भएको उनको भनाइ छ ।

मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेका हेल्मेटको माग पछिल्लो समयमा बढ्दै गएको छ । नेपाली उत्पादन अनि आवश्यक सुरक्षात्मक व्यवस्थापनका साथ उत्पादन गरिएको बताइने ‘यति’ ब्रान्डका हेल्मेट नेपालको पहिचान बनेका छन् ।

सम्बन्धित समाचारहरू

ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

पुल भत्किँदा र सडकमा बाढी आउँदा कयौंपटक कठिन अवस्थाको सामना गर्नुपर्ने...

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...

जापनिज गाडीलाई लक्षित गरी नेपाल आयो इइपी ब्रान्डको स्पेयर पार्ट्स

जापनिज गाडीलाई लक्षित गरी नेपाल आयो इइपी ब्रान्डको स्पेयर पार्ट्स

काठमाडौं– ओसियामा अटो ट्रेडर्स प्रालिले नयाँ ब्रान्डको स्पेयर पार्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...