नेपालमै बनेको यति हेल्मेटको कथा : माग धेरै, उत्पादन थोरै

नेपालमै बनेको हेल्मेट । कुनै हेल्मेटमा बुद्ध र कुनैमा महादेवको तस्बिर छ । फुल फेस र हाफ फेस जुनसुकै मोडलमा उपलब्ध हेल्मेट बनाउन कम्पनीलाई भ्याई नभ्याई छ । दैनिक रुपमा करिव १ हजार २ सय युनिट हेल्मेट उत्पादन भइरहेको छ । तर बजार माग करिव ३ हजार युनिट हेल्मेटको छ ।

कुरा सुन्दा कुनै अन्य देशको कम्पनीको जस्तो लागे पनि यो बाइक चलाउदा टाउकोमा लगाउने हेल्मेट उत्पादन गरिरहेको नेपाली कम्पनीको वास्तविकता हो । रुपन्देहीको भलुही, देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेका हेल्मेटको माग पछिल्लो समयमा बढ्दै गएको छ । नेपाली उत्पादन अनि आवश्यक सुरक्षात्मक व्यवस्थापनका साथ उत्पादन गरिएको बताइने ‘यति’ ब्रान्डका हेल्मेट नेपालको पहिचान बनेका छन् ।

मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैब यति ब्रान्डका हेल्मेटले पछिल्लो समयमा राजधानी काठमाडौंका साथै देशका प्रमुख सहरमा बजार लिइरहेको बताउँछन् । यति हेल्मेट हाल ७ वटा मोडलमा उपलब्ध भइरहेको र आगामी दिनमा थप २ वटा मोडल समेत उत्पादनको तयारी भइरहेको छ ।

वास्तवमा थैव परिवारले आवास ग्रुप अन्तर्गत विशेष गरी निर्माण व्यवसायको क्षेत्रमा कार्य गरिरहेको छ । यस ग्रुप अन्तर्गतको मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेका लेग गार्ड समेत बजारमा परिचित छन् । बाइक एसेसरिजको रुपमा परिचित लेग गार्ड उत्पादन गर्दै जादा व्यवसाय विस्तारको क्रममा हेल्मेट उत्पादनमा समेत लागेको थैब बताउँछन् । भन्छन, ‘करिब ३ वर्ष देखि लेग गार्ड उत्पादनमा लागेको भए पनि करिव दुई वर्ष यता हामी गुणस्तरीय हेल्मेट उत्पादनमा लागेका छौ ।’

हेल्मेट उत्पादन गरेर मात्र हुँदैन, गुणस्तरीय पनि हुनुपर्छ । नेपाली बजारमा धेरै ब्रान्डका नेपालमै उत्पादन भएका हेल्मेट उपलब्ध छन् । यद्यपि यस्ता हेल्मेट गुणस्तरीय छैनन् भन्ने गरेको पनि पाइन्छ । तर यति ब्रान्डका हेल्मेट गुणस्तरीय भएको महेशको दाबी छ । उनका अनुसार हेल्मेटले आईएसओ प्रमाणपत्र पाइसकेको छ । नेपालमा भने यस्तो प्रमाणपत्र दिने व्यवस्था अझै छैन । भन्छन्, ‘नेपालको नापतौल तथा गुणस्तर विभागले हेल्मेटको गुणस्तरीयता मापनाका लागि मापदण्ड बनाउने क्रममा छ । यसले गर्दा अहिले सम्म नेपाली हेल्मेटको गुणस्तर मापन गर्ने आधिकारिक निकाय नेपालमा छैन । केही समयमै विभागले एनएस चिन्ह अंकित प्रमाणपत्र प्रदान गर्ने कुरामा हामी आशावादी छौ ।’

तर पनि यति ब्रान्डको हेल्मेटले आईएसओ प्रमाणपत्र प्राप्त गरेको उनले बताए । हेल्मेट निर्माणका लागि अनब्रेकेबल कभरको प्रयोग गरिएको छ । त्यही अनुसारको दाना प्रयोग गरिएको छ । कम्पनीले हेल्मेटमा प्रयोग गर्ने थर्मोकोल पनि आफै नै उत्पादन गरिरहेको छ । यसले गर्दा हेल्मेट जति बजारिए पनि नफुट्ने उनको दावी छ । गुणस्तरमा कुनै सम्झौता नगरिएको उनले बताए ।

हेल्मेट उत्पादनका लागि भारतका प्रतिष्ठित हेल्मेट कम्पनी स्टड र स्टिलबर्डमा काम गरेका दक्ष जनशक्ति कार्यरत छन् । उनीहरु करिब १५ वर्षको अनुभवी भएको थैबले बताए ।

गुणस्तरीय भएकैले नेपाली बजारमा यति हेल्मेटको उच्च माग छ । तर माग अनुसार उत्पादन उपलब्ध गराउन सकिएको छैन । थैबका अनुसार दैनिक रुपमा करिव १ हजार २ सय हेल्मेट उत्पादन भइरहेको छ भने बजार माग करिब ३ हजार युनिट हेल्मेटको छ ।

यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्‍हो भएको छ ।

सम्बन्धित समाचारहरू

शतप्रतिशत मार्जिनको प्रावधान स्पेयर पार्ट्समा पनि लागू, सवारी मर्मतसम्भार प्रभावित बन्न सक्ने चिन्ता

शतप्रतिशत मार्जिनको प्रावधान स्पेयर पार्ट्समा पनि लागू, सवारी मर्मतसम्भार प्रभावित बन्न सक्ने चिन्ता

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत परिपत्र–२०७६ को संशोधनमा...

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु...

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

काठमाडौं – रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...