ड्राइभिङ लाइसेन्स अनलाइन भर्न सकिने, भुक्तानी भने सम्बन्धित कार्यालयमै गएर गर्न अनुरोध
काठमाडौं – सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै...
काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षामा ७० अंक प्राप्त गरे पास हुने व्यवस्था कार्यान्वयनमा आएको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षमा पास हुने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र (सबै), यातायात व्यवस्था कार्यालय, हेटौंडा, यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको नाममा मंसिर १४ गते परिपत्र जारी गरेको छ । यससँगै अब यो प्रदेशमा नयाँ व्यवस्था लागू हुनेछ ।
यो परिपत्रसँग अब बागमती प्रदेशमा सञ्चालनमा रहेका सबै सवारी चालक अनुपतिपत्र कार्यालयहरुले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्याविधि निर्देशका, २०७७ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिनु पर्ने भएको छ।
यस अनुसार ७० अंक प्राप्त गर्ने सबै परीक्षार्थीले लाइसेन्स प्राप्त गर्न सक्ने छन् । पहिले पनि यो व्यवस्था कार्यान्वयनको व्यवस्था भए पनि व्यावहारिक रुपमा लागू भएको थिएन ।


यस्तो छ अंकभारको व्यवस्था
दुईपांग्रे सवारीसाधनको ट्रायल मापदण्ड मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन्। नयाँ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर ट्रायल फेल भने भइँदैन।
दुईपटकभन्दा बढी सो रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।
साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगाबै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ। त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्।
ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ। एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। तर एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्। त्यसैगरी उकालो (र्याप) को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।
चारपांग्रे सवारीसाधनको निर्देशिका कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ। तर ट्रायल फेल भइँदैन।
दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ। निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ।
त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। तर अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्।
चारपांग्रे सवारीचालकलाई र्याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडी बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ। ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ।
काठमाडौं – सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै...
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके...
काठमाडौं – चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...