फागुन मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न मन्त्रालयको निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ।

मन्त्रालयमा गत कातिक २८ गते बसेको बैठकले सम्पुर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी फागुन मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जोडी सक्नु पर्ने निर्णय गरेको हो। मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को १४ अनुसार यस्तो निर्णय गरिएको जनाएको छ।

विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार आम नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रेरित गर्न यस्तो निर्णय गरिएको हो। पहिला सरकारी आफैले इम्बोस्ड नम्बर प्लेट जडान नगरी आम नागरिकलाई ताकेता गर्नु अस्वाभाविक भएको पनेरुले बताए।

यातायात व्यवस्था विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन निवेदन दिन सकिन्छ। सोही बमोजिम नजिकको यातायात कार्यालयमा गई राजस्व विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ।

काठमाडौं उपत्यकाको हकमा यातायात कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिन्छ।

उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र आपराधिकरण नियन्त्रण हुने विभागको दावी छ।

सम्बन्धित समाचारहरू

क्यानडाले घटायो चीनबाट आयात हुने ईभीमा कर, अव ६.१ प्रतिशत मात्रै लाग्ने

क्यानडाले घटायो चीनबाट आयात हुने ईभीमा कर, अव ६.१ प्रतिशत मात्रै लाग्ने

अमेरिकाको भन्सार युद्धका कारण उत्पन्न विश्वव्यापी अनिश्चितताको बीचमा...

सांघाई अटो एक्सपो २०२३, पहिलो पटक देख्न पाइनेछ यी इलेक्ट्रिक कार

सांघाई अटो एक्सपो २०२३, पहिलो पटक देख्न पाइनेछ यी इलेक्ट्रिक कार

विश्वको सवैभन्दा ठूलो मध्ये एक मानिने सांघाई अटो एक्सपो दुई दिनपछि शुरु...

६ वर्षमा ५ लाख ईभी उत्पादन गरेको लिपमोटरले १ वर्षमै ग-यो फेरि ५ लाख ईभी उत्पादन

६ वर्षमा ५ लाख ईभी उत्पादन गरेको लिपमोटरले १ वर्षमै ग-यो फेरि ५ लाख ईभी उत्पादन

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी लिपमोटरले १० लाख कार उत्पादन गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...