पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

बजाजले पल्सर सिरिजको नयाँ बाइक पल्सर पी१५० भारतमा लन्च गरेको छ । बजाजले यो बाइक नेकेड भर्सन र स्पोर्टी डिजाइनमा लन्च गरेको हो ।

पल्सर पी१५० मा एयर कुल्ड, १४९ सीसी सिंगल–सिलिन्डर इन्जिन छ जसले ८५०० आरपीएममा १४.५ बीएचपीको पावर र ६००० आरपीएममा १३.५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यो इन्जिन २ भल्व आर्किटेक्चरमा आधारित छ । बाइकको इन्धन ट्याङकीको क्षमता १४ लिटर छ ।

सो बाइकको तौल १४० किलोग्राम, सिट हाइट ७९० एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ ।

पल्सर पी१५० सिंगल डिस्क र ड्युअल डिस्क भेरिएन्टमा उपलब्ध हुनेछ । सिंगल डिस्क ब्रेक भेरिएन्टमा स्प्लिट सिट र सिंगल–पिस ह्यान्डल बार हुनेछ भने ड्युअल डिस्क ब्रेक भेरिएन्टमा स्प्लिट सिटसहितको क्लिप–अन ह्यान्डल बार हुनेछ । बाइकमा सिंगल च्यानल एबीएस पनि दिइएको छ ।

यसमा पल्सर एन१६० मा जस्तै सेमी डिजिटल इन्फिनिटी इन्स्ट्रयुमेन्ट कन्सोलको प्रयोग गरिएको छ । बाइकमा एलईडी डीआरएल र एलईडी टेल लाइटको साथ एलईडी प्रोजेक्टर हेडलाइट पनि छ ।

यो मोटरसाइकल पल्सर १५० र एन १६० को बीचका ग्राहकलाई लक्षित गरेर ल्याइएको कम्पनीको भनाइ छ ।

यो मोटरसाइकलको बेस भेरिएन्टको मूल्य १ लाख १६ हजार ७५५ र टप भेरिएन्टको मूल्य १ लाख १९ हजार ७५७ भारु निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

बजाज अटोले चेतक स्कुटरको नयाँ मोडेल छिट्टै लन्च गर्ने तयारी गरेको छ ।...

बजाजको नयाँ पल्सर एन१६० सिंगल सिट भेरिएन्ट लन्च

बजाजको नयाँ पल्सर एन१६० सिंगल सिट भेरिएन्ट लन्च

बजाज अटोले आफ्नो लोकप्रिय १६० सीसी स्पोर्ट–नेकेड मोटरसाइकल, बजाज पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...