अब पालो बजाज पल्सर एन१५० को, चाँडै बजारमा आउने

बजाजले चाँडै नै भारतीय बजारमा एन१५० न्यु जेनेरेसन पल्सर बाइक लन्च गर्ने भएको छ । कम्पनीले गत वर्ष एन२५० र एफ२५० बाइक लन्च गरेको थियो ।

नयाँ पल्सर एन१५० केही हदसम्म एन१६० सँग मिल्दोजुल्दो हुनेछ । पल्सर एन१५० अन्य २ मोडलको तुलनामा सस्तो हुनेछ । यद्यपि नयाँ एन१५० को फ्रन्ट एलईडी हेडल्याम्पलाई हेलोजन हेडल्याम्पले प्रतिस्थापन गर्नेछ । हेडल्याम्प काउल पनि एन१६० भान्दा फरक हुनेछ । यसमा एन१६० जस्तै अन्डर–बेली एक्जस्ट र टेलल्याम्प एलईडी युनिट हुनेछ ।

बजाजले पल्सर एन१६० को इन्जिन साइज घटाउनेछ । हालको पल्सर १५० ले १४ पीएस पावर र १३.२ एनएम टर्क उत्पन्न गर्छ । एन१६० ले १६ पीएस पावर र १४.६५ टर्क उत्पन्न गर्छ । पल्सर एन१५० को पावर पल्सर १५० जस्तै हुने अपक्षा गरिएको छ ।

बजाज पल्सर एन१५० मा टेकोमिटर र बेजल–लेस डिजाइन भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर हुने अपेक्षा गरिएको छ । बजाजले ब्याक–लाइट स्विचगियर र सेल्फ–क्यान्सलिङ टर्न इन्डिकेटर पनि जडान गर्नेछ । यसमा यूएसबी पोर्ट पनि हुन सक्छ ।

एन१५० ले एन१६० को प्लेटफर्म प्रयोग गर्नेछ । ब्रेकिङका लागि फ्रन्टमा डिस्क ब्रेक र टप इन्ड भेरिएन्टमा रियरमा डिस्क ब्रेक हुनेछ । जबकि तल्लो भेरिएन्टको रियरमा ड्रम ब्रेक हुनेछ । दुबै भेरिएन्टमा सिंगल च्यानल एबीएस र सस्पेन्सनको लागि फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनो–शक उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

बजाज डोमिनार २५० अब ग्रिन र ग्लस ब्ल्याक सेडमा

बजाज डोमिनार २५० अब ग्रिन र ग्लस ब्ल्याक सेडमा

बजाज डोमिनार ४०० मा भए जस्तै ग्रिन कलर सेड अब डोमिनार २५० मा पनि उपलब्ध हुने...

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...