टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल पर्छ । उत्कृष्ट लुक्ससँगै विभिन्न एड्भान्स फिचरले सुसज्जित हुने भएकाले यसलाई धेरै ले रुचाएको पाइन्छ । यही कुरालाई मनन गरी टीभीएसले प्रत्येक वर्ष यसलाई अपग्रेड गर्दै आएको छ । यति मात्र होइन, रेसिङ गर्नेहरूले पनि यसलाई धेरै मन पराउँछन् ।

स्पोर्टी लुक दिनका लागि कम्पनीले मोटरसाइकलको ग्राफिक्समा समेत परिवर्तन गरिरहेको हुन्छ । टीभीएसले उपलब्ध गराएको अपाचे मोडलको मोटरसाइकलमा अपाचेका साथ आरटीआर तथा आरटीएफआई समेत उल्लेख गरेको हुन्छ । यद्यपि अपाचे र आरटीआर तथा आरटीएफआईको अर्थ धेरैलाई थाहा नहुन सक्छ । यी सबैको अर्थ थाहा पाउनु राम्रो हुन्छ ।

अपाचे
भारतीय सेनामा समावेश गरिएको हेलिकप्टरको नाम अपाचे हो । यसबाहेक, विगत धेरै वर्षदेखि अमेरिकामा एक भारतीय जनजाति बसोबास गर्छ, जसलाई अपाचे वा अपाचियन समुदाय भनिन्छ । टीभीएसले यी दुई मध्ये कुनै एकलाई आधार मानेर बाइकको नाम अपाचे राखेको हुनसक्छ । यति मात्र होइन, कुनै पनि बाइकलाई नाम दिनुअघि एउटा टोलीले त्यसबारे सोच्ने गर्छ । यसपछि कम्पनीले हरेक वर्ष उक्त सिरिजमा सुधार गर्ने प्रयास गर्छ ।

आरटीएफआई
अपाचे बाइकमा आरटीएफआई भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन हो । यसको मद्दतले इन्जिनलाई थप शक्ति दिन र उच्च गतिमा चलाउन इन्धन इन्जेक्ट हुन्छ । फ्युल इन्जेक्सन भएका बाइक अन्य कम्पनीहरुरुले पनि उत्पादन गरेका छन् । तर टीभीएसले विशेष गरी रेसिङलाई फोकस गरी त्यही अनुसारको इन्जिन उपलब्ध गराएकाले यसमा ‘रेस ट्युन्ड’ शब्द थपेर आरटीएफआई भन्ने गरेको छ ।

टीभीएसको अपाचे आरटीआर १६० बाइकमा सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यसले ८४०० आरपीएममा १५ बीएचपी पावर र ७००० आरपीएममा १३.९ एनएम टर्क जेनेरेट गर्छ । यति मात्र होइन, यसमा ५ वटा गियर बक्स जडान गरिएको छ ।

आरटीआर
आरटीआरको पुरा रुप रेसिङ थ्रोटल रेस्पोन्स हो । टीभीएसका रेसिङ बाइकहरुमा यो सुविधा उपलब्ध छ । सामान्य रुपमा भन्दा रेसिङ दृष्टिकोणलाई ध्यानमा राखी यी बाइक डिजाइन गरिएको हुन्छ ।

नेपाली बजारमा अपाचे सिरिजका १६०, १८० र २०० सीसी गरी विभिन्न मोडलका बाइक उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

टीभीएस कल्टको दोस्रो वार्षिकोत्सव यात्रा सफलतापूर्वक सम्पन्न

टीभीएस कल्टको दोस्रो वार्षिकोत्सव यात्रा सफलतापूर्वक सम्पन्न

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना...

नयाँ टीभीएस एनटर्क १५० यस वर्ष लन्च हुँदै, यामाहा एरोक्ससँग प्रतिस्पर्धा गर्ने तयारी

नयाँ टीभीएस एनटर्क १५० यस वर्ष लन्च हुँदै, यामाहा एरोक्ससँग प्रतिस्पर्धा गर्ने तयारी

टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय स्कुटर एनटर्कको नयाँ संस्करण १५०...

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...