टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

काठमाडौं – टाटा मोटर्सका विभिन्न विद्युतीय कार किन्नका लागि नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नविल बैंक बीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने बताइएको छ।

टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन्।

बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिनेछ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले बताएको छ। 

सम्बन्धित समाचारहरू

सिप्रद्धी ट्रेडिङले ल्यायो टाटा इन्ट्रामा क्यासब्याक अफर

सिप्रद्धी ट्रेडिङले ल्यायो टाटा इन्ट्रामा क्यासब्याक अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितर सिप्रद्धी ट्रेडिङले सानो ट्रक...

वेलायतमा खुल्ने भयो टाटाको पहिलो ईभी ब्याट्री प्लान्ट

वेलायतमा खुल्ने भयो टाटाको पहिलो ईभी ब्याट्री प्लान्ट

टाटा ग्रुपले आफ्नो पहिलो ईभी ब्याट्री प्लान्ट वेलायतमा खोल्ने भएको छ ।...

ग्लोबल आईएमई बैंकको ग्रिन ड्राइभ योजना : यसरी दिदैछ गाडी किन्नका लागि कर्जा

ग्लोबल आईएमई बैंकको ग्रिन ड्राइभ योजना : यसरी दिदैछ गाडी किन्नका लागि कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...