तपाईको ब्लुबुक हरायो ? अब के गर्ने ?

र्दैनिक जीवनमा विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ । ती मध्ये आफ्नो सवारी साधनको ब्लुबुक अर्थात बिल बुक हराउन पनि सक्छ । ड्राइभिङ गर्दा जहिले पनि साथमा राख्नु पर्ने र अपटुडेटको अवस्थामा हुनु पर्ने ब्लुबुक नै हरायो भने ट्राफिकले थप जरिवाना तिराउने अवस्था हुन्छ । त्यसैले समयमै नयाँ ब्लुबुक लिनु आवश्यक हुन्छ ।

तर ब्लुबुक नयाँ निकाल्नका लागि भने केही प्रक्रिया अपनाउनु आवश्यक हुन्छ । यसका लागि सबैभन्दा पहिले ट्राफिक प्रहरी कार्यालयबाट सिफारिस पत्र लिनु आवश्यक हुन्छ ।

सिफारिस पत्र लिनका लागि काठमाडौं उपत्यकाको सन्दर्भमा सिंहदरबार बग्गीखानामा जानु पर्छ । त्यहाँ उपलब्ध एक फारम भरेर बुझाएको केही दिन भित्र ब्लुबुक हराएको र कतै नभेटिएको सिफारिस पत्र ट्राफिक प्रहरीले उपलब्ध गराउछ ।

त्यही पत्र लिएर यातायात व्यवस्था कार्यालयमा जानु पर्छ । साथमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र ५ सय रुपैयाँ राजस्व तिरेको रसिद सहित डुप्लिकेट ब्लुबुकका लागि निवेदन दिनु पर्छ । यदि आफ्नो सवारी साधनको राजस्व समयमै तिरेको वा बिमा लगायतका सुविधाहरु पनि अपटुडेट छैन भने त्यही अनुसार राजस्व तिरेर अपटुडेट गर्नु आवश्यक हुन्छ । ब्लुबुक रिन्यु गर्ने मिति पनि पुग्न थालेको छ भने त्यही समयमा गर्न सकिन्छ ।

यो अवस्थामा यातायात व्यवस्था कार्यालयमा उपलब्ध आफ्नो सवारी साधन सम्बन्धी सबै डकुमेन्ट पनि खोजी गर्नुपर्छ । त्यसैका आधारमा कार्यालयले अर्को ब्लुबुक उपलब्ध गराउछ ।

यातायात व्यवस्था कार्यालयमा प्रायः विभिन्न कार्यका लागि जम्मा भएका सेवाग्राहीहरुको भीड हुन्छ । यसकारण ब्लुबुक लिने कार्य पनि त्यति सहज हुँदैन । यसले गर्दा सके सम्म आफ्नो ब्लुबुक नहराउनु नै उत्तम हुन्छ ।

सम्बन्धित समाचारहरू

छपाइ सकिएका ड्राइभिङ लाइसेन्स जिल्ला जिल्लामा पठाइँदै

छपाइ सकिएका ड्राइभिङ लाइसेन्स जिल्ला जिल्लामा पठाइँदै

काठमाडौं – यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएका सवारी चालक...

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

काठमाडौँ – चालक अनुमति पत्रको परीक्षाका लागि वर्षौँ कुरेर पनि...

धमाधम प्रिन्ट हुँदै ड्राइभिङ लाइसेन्स (स्मार्ट कार्ड), तपाईको भयो कि भएन ? यसरी हेर्नुस्

धमाधम प्रिन्ट हुँदै ड्राइभिङ लाइसेन्स (स्मार्ट कार्ड), तपाईको भयो कि भएन ? यसरी हेर्नुस्

तपाईको ड्राइभिङ लाइसेन्स अर्थात स्मार्ट कार्ड प्रिन्ट भयो कि भएन भनेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...