एउटा बाइकमा ७ जना सवार, भाइरल बन्यो भिडियो

बाइकमा कति जना सम्म बस्न सक्छन् ? कहिले सोच्नु भएको छ ? नियम अनुसार २ जना बस्न पाउँछन् । यद्यपि नियम तोडेर ३ जनासम्म बस्न सकिन्छ । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा ७ जना बाइकमा बसेर अगाडि बढिरहेका छन् । यसरी बाइकमा १ पुरुष, २ महिला र ४ ठूला बालबालिका रहेका छन् ।

भारतको आईएएस अफिसर सुप्रिया साहुले सेयर गरेर भाइरल भएको उक्त भिडियोमा पहिला पुरुष मान्छे बस्छ । त्यसपछि उसले एउटी केटीलाई अगाडि राख्छ । एउटी महिलाले अर्की केटीलाई बाइकको इन्धन ट्याङ्कीमा बसाउँछिन् र एउटी महिला पछाडि बस्छिन् । अर्की महिलाले एउटी छोरीलाई आफ्नो काखमा राखिन् । अन्तमा, महिला अर्को बच्चालाई काखमा लिएर बाइकमा बस्छिन् ।

यो भिडियो भारतको गाजियाबादको एक सडक छेउको हो । यो भिडियो अगस्त महिनाको हो । सो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

सो भिडियो भाइरल भएपछि प्रहरीको पनि ध्यानाकर्षण भएको थियो । रिपोर्टका अनुसार भिडियोमा देखिएको बाइकको नम्बर यूपी–१४–सीएच–१४०९ हो । यद्यपि भिडियोमा बाइकको नम्बर प्लेट स्पष्ट देखिएको छैन । पछि प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै २४ हजार भारुको रसिद काटेको थियो ।

भारतमा नयाँ मोटर भेइकल ऐन अनुसार ४ वर्षभन्दा माथिका बालबालिकालाई तेस्रो सवारी मानिन्छ । यस्तो अवस्थामा बाइकमा अतिरिक्त १ जना, जो ४ वर्षभन्दा बढि उमेरको छ, बाइकमा राखेर ड्राइभ गरेमा रसिद काट्न सकिन्छ । सो नियम उल्लंघन गरेमा न्यूनतम १० हजार भारुको रसिद अर्थात चलान कटौती गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

निर्वाचनको दिन वैशाख ३० गते सवारी साधन नचल्ने

निर्वाचनको दिन वैशाख ३० गते सवारी साधन नचल्ने

काठमाडौं – स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते...

आईपीएल २०२५ मा शतक प्रहार गरेका वैभव सूर्यवंशीलाई मर्सिडिज बेन्ज उपहार

आईपीएल २०२५ मा शतक प्रहार गरेका वैभव सूर्यवंशीलाई मर्सिडिज बेन्ज उपहार

आईपीएल २०२५ मा सोमवार जयपुरमा भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको...

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...