आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

जनकपुरधाम - जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । 

कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो । 

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । “जतिबेला यात्रु आउँछन् त्यतिबेला नै रेल चलाइहाल्छौं”, उनले भने, “यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ”, कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले भने ।  

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर-कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । 

रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ । रेलामार्ग अन्तर्गत कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेसन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत छन् । 

भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईमा पहिलो पटक अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी उडेको छ । दुई सिटे एक्सपेङ...

युरोकपको झलक दिदै बीवाईडी शोरुम, यस्तो छ कारण

युरोकपको झलक दिदै बीवाईडी शोरुम, यस्तो छ कारण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न...

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...