सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
सरकारले लामो समय देखि गरेको आयात बन्द तथा नेपाल राष्ट्र बैंकले अटोमोबाइल क्षेत्रमा गरेको कडाइका कारण हालसम्म नेपालमा रहेका ५८ शोरुम बन्द भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
हाल सम्म प्रदेश नम्बर १ मा ९ वटा, मधेश प्रदेशमा ११ वटा, बागमती प्रदेशमा १८ वटा, गण्डकी प्रदेशमा ७ वटा, लुम्बिनी प्रदेशमा ३ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूर पश्चिम प्रदेशमा ३ वटा शोरुम बन्द भइसकेका छन् ।
यी प्रदेशमा क्रमशः १४५, ९५, ३७८, १८२, १०५, ६२ र ५८ शोरुम रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा बढी र त्यसपछि गण्डकी प्रदेशमा धेरै शोरुम रहेका छन् । यसै अनुसार सबैभन्दा बढी शोरुम बागमती प्रदेशमै बन्द भएका पनि छन् । राजधानी काठमाडौं बागमती प्रदेशमा पर्ने भएकाले यहाँ धेरै शोरुम रहेका छन् ।
यसबाट अटोमोबाइलको क्षेत्रमा काम गर्ने लगभग एक हजार कर्मचारीहरुले रोजगारी गुमाएको नाडाले जनाएको छ। त्यसमा धेरैले आफ्ना कर्मचारीहरुलाई आयात प्रतिबन्धसम्म बिदा दिएका छन्।
कम्वसन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सीसी माथिका मोटरसाइकलमा लगाइएको आयात प्रतिबन्धका कारण अहिले अटो बजार सुनसानको अबस्थामा छ । गत वैशाख १३ देखि लागू गरिएको प्रतिबन्धले चौथो चरण पार गर्दा समेत यो कहिलेसम्म लम्विने हो भन्ने कुरामा स्वयं व्यवसायी र सरकारी निकाय नै अनिर्णित छन् । हाल मंसिर २८ सम्म आयात प्रतिबन्धको अवस्था छ ।
त्यो समय पछि पनि आयात प्रतिबन्ध खुलेन भने व्यवसाय नै धरापमा पर्ने व्यवसायीहरुको भनाइ छ । नाडा अध्यक्ष ध्रुव थापा आयात प्रतिबन्ध नखुले आन्दोलन गर्न बाध्य हुने र यसका लागि डिलरहरुसँग छलफल चलिरहेको बताउछन् ।
अटोमोबाइल्स क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रमा करिब १ लाख प्रत्यक्ष रोजगार छन् । बन्द भएका र चलिरहेका शोरुमले कर्मचारी कटौती गर्दा करिब ८ हजारको रोजगारी गुमेको अध्यक्ष थापाको भनाइ छ । शोरुम बन्द हुँदा १ अर्ब रुपैयाँ घाटा भएको नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
दिपक अग्रवाल जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट हुन् । नेपालमा टीभीएसका...
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सोमबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...