नयाँ प्रविधि र आकर्षक डिजाइनका साथ २०२५ टीभीएस अपाचे आरटीआर ३१० लन्च
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय नेकेड स्पोर्ट्स बाइक अपाचे आरटीआर ३१०...
टिभिएस मोटर्सले स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट फिचर्स सामेल गरेर नयाँ स्कुटर ल्याएको छ । टिभिएस मोटर्सको सर्वाधिक लोकप्रिय मोडलका रुपमा स्थापित एनटर्कको रेस एक्सपी भेरियन्ट यो स्कुटरलाई नेपालका लागी आधिकारिक वितरक जगदम्वा मोटर्सले नेपाली बजारमा समेत उतारेको छ । केही दिन पहिलेमात्र लन्च भएको यो स्कुटरको मूल्य नेपालमा ३ लाख ५ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । जुन यहि सेग्मेन्टका अन्य स्कुटरको तुलनामा केही महंगो देखिएको छ ।
स्कुटर उद्योगमै सबैभन्दा पहिलो भ्वाइस–असिस्ट फिचर एनटर्क एक्सपीमा सामेल गरिएको टिभिएसले दावी गरेको छ । स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म मार्फत संचालित भ्वाइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।
युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडी लगायत अन्य थुप्रै कनेक्टिभिटी फङसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् ।
त्यस्तै यसको अर्को प्रमुख अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ । यसै गरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको नेभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । यसमा भएको रेस टनेल फ्युल इन्जेक्सन (आरटी–एफआई) इन्जिनका कारण यसको पर्फमेन्स अझै उच्च बनाएको छ ।
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय नेकेड स्पोर्ट्स बाइक अपाचे आरटीआर ३१०...
टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा...
काठमाडौं – नेपाली बजारमा विभिन्न मोडलका टीभीएस मोटरसाइकल तथा स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...