यामाहाको नयाँ बाइक नेपालमा : हेरौ कुन फिचरले के काम गर्छ

काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एम्एडब्लु इन्टरप्राइजेजले धेरैले प्रतिक्षा गरेको सुविधासम्पन्न बाइक आर१५ भी४ हिजोबाट आधिकारिक रूपमा नेपाली बजारमा उपलब्ध गराएको छ । उक्त बाइक सार्वजानिक गरेको हो । आर१५ भी४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको ठहर रहेको छ ।

आर१५ को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सीसी एफ्आई इन्जिनमा भीभीए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीए’ जस्ता प्रणालीले आर१५ भी४ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पु¥याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भीभीए’ प्रणालीले भने बाइक न्यून आरपीएमको अवस्थामा समेत उल्लेखनीय पावर र टर्क प्रदान गर्दछ ।

आर१५ भी४ को विशेषताहरूबारे जानकारी गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुबिधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबीएसका साथ बजारमा ल्याइएको यस अल–न्यू आर१५ भी४, १५५ सीसी एलसीभी एसओएचसी फ्युल–इन्जेक्टेड (एफआई) इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो ।

चिप्लो बाटोमा ह्विलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँन राखिएको ट्रयाक्शन कन्ट्रोल सुविधाले चालकको आत्मविश्वासलाई कायम गर्न मद्दत गर्दै यात्रालाई अझ सुरक्षित बनाउने कम्पनीले जनाएको छ ।

यस्तै, क्लच/थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधि, ‘क्विक सिफ्टर’ भने ‘रेसिङ ब्लु’ भेरिएन्टमा मात्र उपलब्ध रहेको र ग्राहकले चाहेमा कालो र रातो भेरिएन्टमा पनि राख्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरले आर१५ लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताएका छन् । एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लुटुथमार्फत जोडेपछि निम्न फङसनहरू एलसीडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ :

– गियर सिफ्ट इन्डिकेटर
– फ्यूल कन्जम्पशन इन्डिकेटर
– सिफ्ट–टाइमिङ्ग लाईट
– भीभीए इन्डिकेटर
– ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर
– मोबाइल फोनको ब्याट्री लेभल
– मेन्टेनेन्स रिकमेन्डेशन
– पार्किङ लोकेशन
– मालफङ्शन नोटिफिकेशन
– रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

बिहीबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध भएको आर१५ भी४ निलो, कालो र रातोको मूल्य नेपाली बजारमा. क्रमशः ५ लाख ७२ हजार ९ सय र ५ लाख ६२ हजार ९ सय रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

काठमाडौं–यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

काठमाडौं – नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ को उत्पादन सुरु भएको घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...