नेपालमा सार्वजनिक भयो यामाहा आर१५ भी४ मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यामाहा आर१५ भी४ मोटरसाइकल लन्च भएको छ । बिहीबार काठमाडौंको नक्सालस्थित यामाहा ब्लु स्क्यावार सोरुममा उक्त मोटरसाइकल लन्च गरिएको हो ।

१५५ सीसी क्षमताको यो बाइकमा लिक्विड कुल्ड भीभीए एफआई इन्जिनको प्रयोग गरिएको छ, जसले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्ने एमएडब्ल्यू इन्टरप्राइजेज सीईओ राजु क्षेत्रीले बताए । यसको कुल तौल १४२ केजी रहेको छ । यसमा ६ स्पिड गियरबक्सको साथमा स्लिपर क्लच दिइएको छ ।

मोटरसाइकलमा एक्जस्ट, ठुलो विन्डस्क्रिन, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, व्लुटुथ कनेक्टिभिटी, क्विक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, नयाँ बडी ग्राफिक, यूएसडी फोर्क, नयाँ हेडलाइट जस्ता फिचरहरु पाउन सकिन्छ ।

मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ । आर१५ भी४ मा ब्लुटुथ कनेक्टिभिटी फिचर रहेको छ । सो फिचरमार्फत यामाहाको नेटिभ एपको माध्यमबाट स्मार्टफोन कनेक्ट गर्न सकिनेछ ।

नेपाली बजारमा यसको मूल्य ५ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो बाइक ब्लू, रेड र ब्ल्याक गरी मुख्य तीन कलरमा पाउन सकिनेछ ।

सम्बन्धित समाचारहरू

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल...

यामाहाले दर्ता गरायो पेटेन्ट, आउँदै छ इलेक्ट्रिक स्कुटर ई०१

यामाहाले दर्ता गरायो पेटेन्ट, आउँदै छ इलेक्ट्रिक स्कुटर ई०१

यामाहाले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर प्रोजेक्ट लगभग पुरा...

यामाहाले ल्यायो एएमसी योजना, बार्षिक सम्झौता गर्दा बाइकको मेन्टिनेन्समा बिभिन्न छुट

यामाहाले ल्यायो एएमसी योजना, बार्षिक सम्झौता गर्दा बाइकको मेन्टिनेन्समा बिभिन्न छुट

यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...