स्वस्तिमा र प्रदीप खड्काले सार्वजनिक गरे टीभीएसको नयाँ स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी

काठमाडौं – टीभीएस मोटरको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा बुधबार सम्पन्न कार्यक्रममा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो । सो कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भ्वाइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म मार्फत संचालित भ्वाइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।

युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडी लगायत अन्य थुप्रै कनेक्टिभिटी फङसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् ।

त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ । यसै गरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको नेभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । यसमा भएको रेस टनेल फ्युल इन्जेक्सन (आरटी–एफआई) इन्जिनका कारण यसको पर्फमेन्स अझै उच्च बनाएको छ ।

सो स्कुटरको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । सो एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कन भन्दा ७ हजार बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले...

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...