१२५ सिसी सेग्मेन्टमा निरन्तर बजार गुमाउँदै हिरो, पल्सर १२५ ले पनि उछिन्यो
१२५ सिसी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलको पहिचान बनाएको...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर सिरजमा सवैभन्दा ठूलो इन्जिन जडित वाइक एन २५० सार्वजनिक गर्यो । विगत ६ महिना यता पेट्रोलियम पदार्थबाट चल्ने १५० सिसी माथीका मोटरसाइकल र सवै प्रकारका प्यासेन्जर कार, जीप तथा भ्यानको आयतमा प्रतिवन्ध लाग्दै आएपनि यो मोटरसाइकल भने केही समयअघिमात्र सार्वजनिक भएको हो ।
वजाजका मोटरसाइकल नेपालमै एसेम्वल हुँदै आइरहेको र अनएसेम्वल अबस्थामा आयत हुने किटमा प्रतिवन्ध नलागेका कारण यो नयाँ मोटरसाइकल प्रतिवन्धका वावजुत पनि नेपालमा सार्वजनिक हुन सकेको हो । नेपालस्थित बिक्रेता कम्पनीले भारतबाट अनएसेम्वल अबस्थामा रहेका पार्टपूर्जा आयत गरी बजाजका सवैजसो मोडललाई नेपालमै एसेम्वल गरी बिक्री वितरण गर्दै आइरहेको छ । मोटरसाइकल सार्वजनिक भएसंगै कम्पनीले अहिले यसको वुकिङ लिइरहेको छ ।
४ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यो नयाँ वाइकमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २४.५ पीएस पावर र २१.५ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पिड गियर वक्स जडान गरिएको छ ।
युवा राइडरलाई लक्षित गरी निर्माण गरिएको यसको फ्रन्ट लुक्स निकै बोल्ड र स्पोर्टी देखिन्छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फ्युल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर सामेल गरिएका छन् ।
दुवै चक्कामा डिस्क व्रेक र डवल च्यान एविएस समेत दिइएको यसको ग्राउन्ड क्लिरिेयन्स १६५ एमएम रहेको छ भने ह्वीलवेस १३५१ एमएम र सिट हाइट ७९५ एमएम रहेको छ । आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक्स मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।
१२५ सिसी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलको पहिचान बनाएको...
बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड...
बजाजले एन२५० मा आधारित १६० सीसीको पल्सर एन१६० नेकेड स्पोटर््स बाइक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...