अर्को रोजाई : ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक

जाउँ गुरु प्रालिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ ।  

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू,इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गरेका हुन् । नेपालमा अन्य राइडर एपहरुको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो । 

यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदा समेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ । मोटरसाइकल र ट्याक्सी राइडरहरुले सजिलै एपमा आवद्ध हुनसक्ने र राइडर,यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ । 

प्रालिका अध्यक्ष लिङदेनले नेपालको लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताए । उनले चाँडै काठमाडौं उपत्यका लगायत देशैभरका शहरहरुमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताए । 

नेपालमा प्रयोगमा आएका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीले मात्रै सुविधा दिँदै आएकामा जाउँ गुरुले बाइक डेलिभरी,मिनी ट्रक, पानी ट्याङ्कर र जिपसमेत भाडामा लिन सहजिकरण सेवा उपलब्ध छ । 

सम्बन्धित समाचारहरू

बुधबार देखि नेपालमा बिक्री शुरु हुँदै एमजी विन्डसर ईभी, चासोमा मूल्य र फिचर

बुधबार देखि नेपालमा बिक्री शुरु हुँदै एमजी विन्डसर ईभी, चासोमा मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा एमजी विन्डसर ईभीको बिक्री प्रारम्भ हुने भएको छ ।...

चांगन ओशान ५२० बन्यो सीएटीएलको स्वाप गर्न मिल्ने ब्याट्री जडित पहिलो विद्युतीय कार

चांगन ओशान ५२० बन्यो सीएटीएलको स्वाप गर्न मिल्ने ब्याट्री जडित पहिलो विद्युतीय कार

चांगनको ओशान ५२० सेडान कार सीएटीएलको स्वाप गर्न मिल्ने चोको–एसईबी...

सीएफमोटो बाइक केयर क्याम्प सुरु

सीएफमोटो बाइक केयर क्याम्प सुरु

काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डकाे नेपालका लागि आधिकारिक वितरक ऋषि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...