बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ ।

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहार प्रदान गरिने गिरीले छ ।

बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । यस्तै साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन्।

असोज ६ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

सम्बन्धित समाचारहरू

यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’ : सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल

यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’ : सम्बन्ध निर्माणका लागि यामाहा परिवार निर्माणको पहल

काठमाडौं – यामाहा नेपालले आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु...

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...

नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

सन् २०२५ मा यामाहाले आफ्ना दुई बाइक यामाहा वाईजेडएफ-आर२ र एमटी-०३ लन्च गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...