सकियो नाडा ईभी एक्सपो २०२२, यी स्टल बने उत्कृष्ट

काठमाडौं - नेपालमै पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्सपो सकिएको छ । बिहीबारबाट सुरू भएको प्रदर्शनी आइतबार सकिएको हो।

ईभी एक्सपोमा हुन्डाईको स्टल बेस्ट स्टल भएको छ। दुई पांग्रे तर्फको बेस्ट स्टल भने जोय स्कुटरको स्टल भएको छ। त्यसैगरी एन्सिलियरी/कम्पोनेन्ट/सपोर्टिङ तर्फ नेपाल ड्राइभ्सको स्टल उत्कृष्ट भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ईभी एक्सपो करिव ३५ हजारले अवलोकन गरेको बताइएको छ । ४ दिनसम्म चलेको एक्सपाको करिब ३५ हजार जनाले प्रत्यक्ष अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए । ‘हामीले सोचेभन्दा पनि उत्साहपूर्ण रुपमा एक्सपो सफल भएको छ,’ उनले भने ।

नेपालको इतिहासमा पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्सपोले भविष्यमा सकारात्मक प्रभाव पार्ने नाडा ईभी एक्सपोका सभापति अनुप कुमार बरालले बताए ।

बरालले भने - चार दिन भएको उक्त एक्सपोमा मैले दुईवटा कुरालाई नियालेको छु, जसमा उपभोक्ता पनि खुशी छन् र आगुन्तुकहरु पनि यस एक्स्पोमा खुशी छन् । एक्सपोमा सहभागि भएका कम्पनीहरुले बुकिङ लिन पाएका छन् भने अवलोकन गर्न आउने आगुन्तुक पनि विद्युतीय सवारीमा आफूहरुले सोचेको भन्दा फरक देख्दा खुशी रहेका छन् । त्यसैले हामी आयोजक टिम खुशी रहेका छौं ।

ईभी एक्सपोमा ब्रान्डका विद्युतीय कार, १६ ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल र एउटा ब्रान्डको तीनपांग्रे विद्युतीय सवारी प्रदर्शनीमा राखिएको थियो। एक्स्पोमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता थियो ।

एक्सपोको दोस्रो दिनबाट ईभी चौतारी नामक बहस तथा छलफल भएको थियो। ३ दिन फरक ३ विषयमा नयाँ प्रविधिलगायत बारे छलफल भएको थियो।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

भदौं ७ देखि हुने भनिएको नाडा अटो शो स्थगित

भदौं ७ देखि हुने भनिएको नाडा अटो शो स्थगित

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आगामी भाद्र ७ देखि हुने भनिएको नाडा...

नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ सम्मानित

नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ सम्मानित

काठमाडौं – नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...