यसकारण बन्द भएको थियो चर्चित यामाहा आरएक्स१००

यामाहाको आरएक्स१०० बाइक युवामाझ कुनै समय निकै लोकप्रिय बाइक थियो । स्पिडको मामिलामा सुपरबाइकसँग पनि प्रतिस्पर्धा गर्न सक्ने सो बाइक सेकेन्ड ह्यान्ड बाइक बिक्रेतासँग अझै पनि देख्न सकिन्छ ।

यामाहाले सो बाइक सन् १९८५ मा मात्र १९ हजार ७ सय भारु मूल्यमा लन्च गरेको थियो । त्यतिबेला यामाहा कम्पनीले सो बाइक जापानमा सार्वजनिक गरेको थियो । यामाहाले ईएस्कर्ट कम्पनीसँगको सहकार्यमा भारतमा यसलाई बिक्री गर्न थालेको थियो ।

यामाहा आरएक्स१०० बाइकले मात्र ७ सेकेन्डमा १०० किमीको स्पिड लिने क्षमता रहेको थियो । यो बाइकमा ९८ सीसी इन्जिन जडान गरिएको थियो । यसमा २ स्ट्रोक एयर कुल्ड इन्जिन छ । यसले ११ बीएचपीको पावरको साथमा १०.३९ एनएमको टर्क जेनेरेट गर्न सक्छ । ९० को दशकमा चोरी, लुटपाट आदि कार्यमा र चलचित्रमा यो बाइकको प्रयोग धेरै भयो ।

कम मूल्य र राम्रो फिचर भए पनि कम्पनीले सो बाइकको उत्पादन पछि भारतमा बन्द गरेको छ । यसको मुख्य कारण बाइकको उत्सर्जन मापदण्ड हो । सो बाइकको उत्सर्जन मापदण्ड भारतको नियम विपरीत भएको हुनाले भारतमा सो बाइक बन्द गर्नु परेको हो । तर कतिपयले यसको पिकअप र गतिका कारण प्रहरीले चोर समात्न नसकेको पनि बताउँछन् । पछि यामाहा कम्पनीले आरएक्स१३५ लन्च गरेको थियो ।

सम्बन्धित समाचारहरू

पप–कल्चर फेस्टिभलमा यामाहा सह–प्रायोजक, के–के छन् आकर्षण ?

पप–कल्चर फेस्टिभलमा यामाहा सह–प्रायोजक, के–के छन् आकर्षण ?

काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा...

यामाहाले थाल्यो नेपालमै एसेम्बल, परीक्षणका लागि एफजेड भीथ्रीको उत्पादन शुरु

यामाहाले थाल्यो नेपालमै एसेम्बल, परीक्षणका लागि एफजेड भीथ्रीको उत्पादन शुरु

जापनिज टु ह्विलर ब्रान्ड यामाहाले नेपालमै मोटरसाइकल र स्कुटरको एसेम्बल...

यामाहाले नयाँ आरवन इलेक्ट्रिक बाइक ल्याउँदै, ब्याट्री कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता

यामाहाले नयाँ आरवन इलेक्ट्रिक बाइक ल्याउँदै, ब्याट्री कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता

यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...