विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

काठमाडौं - नेपालले वार्षिक तीन खर्बको पेट्रोलियम पर्दाथ आयात गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेकाले विद्युतबाट चल्ने सवारी साधानलाई प्रथामिकता दिन जरुरी रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आजबाट भृकुटी मण्डपमा शुरु भएको नाडा ईभी एक्स्पोको उद्धघाटनमा शर्माले उक्त कुरा बताएका हुन् । नेपालले विद्युत निर्यात गर्दै आएको कुरा त्यति सकारात्मक नरहेको बरु नेपालमा विद्युतबाट चल्ने सामाग्रीहरु निर्माण गरेर त्यसको निर्यात गर्नुपर्ने बताए ।

उनले भने, “पटकपटक नाडाका साथीहरुले अटोक्षत्रेलाई केही फाइदा हुने निति ल्याउन मलाई अपिल गरेका छन् । तर सरकार पनि अटोक्षेत्रलाई फाइदा हुने निति ल्याउने कुरामा जोड दिएको छ । नीति ढुङ्गगामा लेखेको अक्षर होइन परिर्वतन गर्न मिल्छ । तर केही समय लाग्छ ।’’

शर्माले विद्युतीय गाडीलाई मात्र जोड दिएर देशलाई ईभी तर्फ लैजान नसकिने कुरामा जोड दिएका छन् । देशमा विद्युतीय गाडीको उत्पादनको साथै हरेक पाँच तारे होटल देखि हरेक कम्पनीले विभिन्र ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्न शर्माले अपिल गरेको छन् ।

शर्माले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् ।

त्यस्तै नाडा अटोमोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रव थापाले गाडीहरुमा लगाएको प्रतिबन्धका कारण अटो व्यवसायहरु टाट पल्टिएको र कर्मचारीहरुले तलब पाउन मुस्किल रहेको बताए । उनले भने, “आर्थिक वर्षमा अर्बौको गाडीहरु आयात भएको र अर्बौ राजस्व सरकारलाई बुझाएको छौँ । देशको अर्थतन्त्रमा अटो क्षेत्रले ठूलो भूमिका खेलेको छ । त्यसकारण प्रतिबन्ध फुकाउन अर्थमन्त्रीलाई अपिल गर्दछु ।’’

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागित रहेको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।

एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

त्यसैगरि चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नाडाको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध निर्बाचित, कुन–कुन व्यवसायमा आबद्ध छन् उनी ?

नाडाको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध निर्बाचित, कुन–कुन व्यवसायमा आबद्ध छन् उनी ?

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र...

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप...

एफएनसीसीआईको कार्यकारिणी सदस्यमा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलाल मनोनीत

एफएनसीसीआईको कार्यकारिणी सदस्यमा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलाल मनोनीत

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्यकारिणी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...