दुबईमा कार धुने एक नेपाली युवाले जिते ३४ करोडको चिठ्ठा

दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको चिठ्ठा जितेका छन् । गल्फ न्युजले प्रकाशित गरेको समाचार अनुसार उनले ९४औं महजुज विक्ली राफल राफल ड्रमा १० मिलियन दिरहाम जितेका हुन् ।

३१ वर्षिय भरतले मासिक १ हजार ३ सय दिरहाम कमाइरहेका थिए । अब यो पैसाले उनले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ’ भरतले भने । तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा थिए ।

मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीहरुले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै भरतको जितले नेपाली समुदायमा खुसी छाएको बताए ।

सम्बन्धित समाचारहरू

नयाँ बानेश्वरमा राइट टर्निङ होल्डिङ जोन बनाइदै

नयाँ बानेश्वरमा राइट टर्निङ होल्डिङ जोन बनाइदै

काठमाडौं – काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वर हुँदै कोटेश्वरसम्म...

पार्किङ र अन्य समस्या : एकैदिन बालेनको सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरमहलमा ‘एक्सन’

पार्किङ र अन्य समस्या : एकैदिन बालेनको सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरमहलमा ‘एक्सन’

काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा...

पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

काठमाडौं – राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...