यसरी लिन सकिन्छ आधाको आधामा बजाज पल्सर २२०एफ, १ लाख २५ हजार भए पुग्ने

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बिक्री–वितरण गरिरहेका विभिन्न बाइकहरु हाल आधाको आधा मूल्यमै पाइने भएको छ । यही अनुसार बजाज पल्सर २२०एफ पनि आधाको आधा मूल्यमा उपलब्ध भइरहेको छ ।

बजाज पल्सर २२०एफको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ । यसको आधाको आधा भनेको ९८ हजार ७२५ रुपैयाँ हो । कम्पनीले हाल आधाको आधा अर्थात २५ प्रतिशत मात्र तिरेर बाइक लिन सकिने स्किम उपलब्ध गराइरहेको छ । बाँकी रकमलाई २४ महिना सम्म किस्ताको रुपमा तिर्न सकिन्छ ।

यसरी लिदा प्रत्येक महिना १२ हजार ३४० रुपैयाँ बुझाउनु पर्छ । शुरुमा इन्स्योरेन्सको ८ हजार ६ सय, सेवा शुल्क ४ हजार र नामसारीका लागि २ हजार रुपैयाँ समेत बुझाउनु पर्छ । पहिलो पटक पहिलो किस्ता समेत तिर्नु पर्ने हुनाले सबै गरी १ लाख २५ हजार ६६५ रुपैयाँ बुझाउनु पर्छ ।

बजाजका बाइक हाल नेपालमै एसेम्बल हुने गरेका छन् । अन्य बाइक जस्तै पल्सर २२०एफ युवा पुस्ताका बीच अत्यन्तै लोकप्रिय छ ।

२०० सीसी इन्जिनयुक्त यो बाइकको इन्जिनले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ । एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

सीट हाइट ७९५ एमएम रहेको पल्सर २२० को कुल तौल १५५ किलोग्राम रहेको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो बाइक अहिले पनि ‘भ्यालु फर मनी’को रुपमा परिचित रहेको छ ।

सम्बन्धित समाचारहरू

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडाैं – जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो...

एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका मोटरसाइकलसँग बजाज मोटरसाइकल साटफेर गर्न सकिने

एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका मोटरसाइकलसँग बजाज मोटरसाइकल साटफेर गर्न सकिने

काठमाडौं।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता...

पल्सर एनएस १२५ नेपाल आउने, २ लाख ८० हजार मूल्य तोकेर खुल्यो वुकिङ

पल्सर एनएस १२५ नेपाल आउने, २ लाख ८० हजार मूल्य तोकेर खुल्यो वुकिङ

पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ नेपाल आउने भएको छ । बजाज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...