सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराएको छ ।

यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै/तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता भएको कम्पनीको भनाइ छ । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा १० हजार नगद छुट, अमेजफिट ब्यान्ड ५ वा अमेजफिट नियो ब्यान्ड जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् । साथमा निःशुल्क बिमा र सडक कर पनि हुनेछ ।

ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले एफ४० किक स्कुटर, २ जनाले मेइजु एम१७ स्मार्टफोन र ५ जनाले अमेजफिट जीटीएस २ स्मार्ट घडी जित्नेछन साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र ईएमआईको सुविधा पनि छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल...

विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक

विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक

विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार...

नयाँ ब्रान्डको ईभी भ्यान नेपाल भित्रिदै, केही दिनमै बिक्री प्रारम्भ हुने (मूल्य सूची सहित)

नयाँ ब्रान्डको ईभी भ्यान नेपाल भित्रिदै, केही दिनमै बिक्री प्रारम्भ हुने (मूल्य सूची सहित)

काठमाडौं – नेपाली बजारमा केही समय देखि उपलब्ध गोल्डेन ड्रयागनका विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...