नेपाली बजारमा आयो नयाँ सुपर स्प्लेन्डर

काठमाडौं – नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक भएको छ । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथै नयाँ हिरो सुपर स्प्लेन्डर सुपर-पावर, सुपर-माइलेज र सुपर-कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको कम्पनीको दाबी छ ।

नयाँ बाइकले परिष्कृत इन्धन दक्षता प्रदान गर्छ । मोटरसाइकलको मूल्य भने दुई लाख ६६ हजार रुपैयाँ रहेको छ । नयाँ सुपर स्प्लेन्डरमा १२५ सिसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले ७५०० आरपिएममा १०.७ बिएचपी उत्पन्न गर्छ र ६० आरपिएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ ।

हिरोका उत्पादनमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५० आर, एक्सट्रिम १६० आर, एक्सट्रिम २०० आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २०० टी र एक्सपल्स २०० फोरभी रहेका छन् ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाई आधिकारिक बिक्रेता नियुक्त गरी नेपालमा हिरो बाइक बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने

काठमाडाैं – हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...

फेरि लन्च भयो नयाँ हिरो ग्ल्यामर, यस्तो छ मूल्य, माइलेज र फिचर

फेरि लन्च भयो नयाँ हिरो ग्ल्यामर, यस्तो छ मूल्य, माइलेज र फिचर

हिरो मोटोकर्पले भारतीय बजारमा अपडेट ग्ल्यामर बाइक ड्रम र डिस्क गरी २...

यी हुन् हिरो मोटोकर्पले ल्याएका ४ नयाँ बाइक र स्कुटर

यी हुन् हिरो मोटोकर्पले ल्याएका ४ नयाँ बाइक र स्कुटर

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा ४ नयाँ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...